मालपानीको ‘दानापानी’ खाने भन्सारका कर्मचारी अख्तियारको राडारमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर छलिएको आशंकामा नेपाल भित्र्याइएका ल्यान्डरोभर ब्रान्डका १५ वटा सवारीसाधनबारे विस्तृत अनुसन्धान अघि बढाएको छ। विवादित व्यापारी कमल मालपानीको हित हुने गरी काम गरि २ करोड बढी राजश्व चुहावटमा सघाउने केही भन्सारका कर्मचारीहरु अख्तियारको फन्दामा पर्न लागेका हुन ।
काठमाडौंका तत्कालीन मेयर तथा झापा क्षेत्र नम्बर पाँचका उमेद्धार वालेन साहले चढेको ल्यान्डरोभर ब्रान्डको गाडीले चर्चा परिचर्चा पाउँदै गर्दा यस्को नेक्सस खोज्ने क्रममा सो गाडी कमल मालपानीको कम्पनीको नाममा रहेको र १०१ प्रतिशत भन्सार छुटमा नेपाल भित्र्याइएको रहष्य खुलेसँगै यो प्रकरणमा भन्सारका कर्मचारीहरु अख्तियारमा राडारमा पर्ने भएका हुन । झापाको निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह ‘बालेन’ ले झापामा हुँदा प्रयोग गरेको ल्याण्ड रोभर डिफेन्डर गाडी भन्सार छलेर नेपाल भित्र्याइएको खुलेसँगै अख्तियारले त्यहाँ हात हालेको हो ।

बिज्ञापन

वीरगन्ज भन्सार कार्यालय हुँदै नेपाल भित्रिएको सो व्राण्डका गाडीबाटै २ करोड बढी राजश्व छली भएको खुलासा भएसँगै यो प्रकरणमा भन्सार कार्यालय, यातायात व्यवस्था विभाग र वाणिज्य विभागका कर्मचारीहरु समेत अख्तियारको छानबिनमा तानिने भएका हुन । बालेनले प्रयोग गरेको बागमती प्रदेश–०१–०३३ च ४३४३ नम्बरको उक्त गाडी नेपाल भित्र्याउने कम्पनी भने काइरोस इन्टरनेशनल हो । काइरोस इन्टरनेसनल प्रालि ज्ञानेश्वर काठमाडौंले सन् २०२४ देखि हालसम्म नेपालमा आयात गरेका ल्यान्डरोभर कम्पनीका विभिन्न मोडलका यी १५ वटा सवारी साधनको भन्सार जाँचपासको कागजात र स्पेसिफिकेसनको प्राविधिक विवरण भिडाइ चेकजाँच गर्दा भन्सार छली गरेको अख्तियारको प्रारम्भिक छानबिनबाट देखिएको छ।  यातायातको विवरण अनुसार,गुट्खा र करेन्ट चाउचाउ व्यापारी कमलकिशोर मालपानीका नाममा रहेको त्रिमूर्ति इन्टरप्राइजेजका नाममा दर्ता छ । मालपानीको यशोदा फुड्स,श्रीराम टोबाको,त्रिमूर्ति इन्टरप्राइजेजलगायत दर्जनौं कम्पनी छन् । सो सहित केही गाडी आयात गर्दा २ करोड २१ लाख ६० हजार २०५ रुपैयाँ राजस्व छली गरेको अख्तियारको पूर्वानुमान छ।

बिज्ञापन

यस अघि कमल मालपानीमाथि भन्सार,यातायात,उद्योग वाणिज्य विभागका अलवा जिल्लाका प्रमुख जिल्ला अधिकारीमात्र नभइ प्रहरी प्रमुखहरु समेत आफ्ना एस म्यानहरु लैजाने र तिनैबाट आफू अनुकुलको काम गर्दै आइरहेका आरोप लाग्दै आएको थियो । केही बर्ष अघि मात्र राजश्व कार्यालय प्रमुखमा आफ्नै एस म्यान लिएर गएको र आफू अनुकुल काम गराइरहेको बिषयमा कर्मचारी प्रेसले समाचार प्रकाशन गरेको थियो ।

यस पटक वीरगन्ज भन्सारबाट पास भएको सवारी साधनबाट झण्डै २ करोड राजश्व चुहावट गरिएको बिषय प्रकाशमा आएको हो । यसबीच भन्सार विभागको पहलमा वीरगञ्ज भन्सार कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उक्त गाडीको कागजातबारे जानकारी गराइसकेको जनाइएको छ । झण्डै सात करोड मूल्यका ती गाडीलाई भन्सार छुटको सुविधासहित नेपालमा ल्याउन दिने त्यतिबेलाका पात्रहरु को को हुन् ? भन्दै प्रज्ञापनपत्रहरुको खोजी गरिएको हो । उक्त गाडी असोज २३ गते भन्सार कार्यालय वीरगञ्जबाट भित्रिएको थियो । त्योसँगै उस्तै उस्तै ११ वटा गाडीमा भन्सार रकम खेलोफड्को भएको आशंका अधिकारीहरुले गरेका छन् ।

बिज्ञापन

भन्सार स्रोतका अनुसार,ल्यान्डरोभर कम्पनीको डिफेन्डर ११० मोडलको २९९६ सीसीको डिजेल इन्जिनको गाडीको भन्सारदर ३५८ दशमलव ६७ प्रतिशत लाग्छ। तर, भन्सार जाँचपास गर्दा पेट्रोल इन्जिन, प्लग इन हाइब्रिडको २९९६ सीसी भनेर कुल भन्सारदर २५७ दशमलव ९८ प्रतिशत मात्र तिरेर जाँचपास गरिएको पाइएको छ। सो सहितका गाडीमा १ करोड ५० लाख ११ हजार १९३ रुपैयाँ राजस्व छली भएको पाइएको छ। यस्तै गरी काइरोसले खरिद गरेको ल्यान्ड रोभर कम्पनीको ३ वटा रेन्ज रोभर भेलर (१९९७सीसी, डिजेल इन्जिन, आईसीसी र १ वटा रेन्ज रोभर इभोक) १९९७ सीसी, डिजेल इन्जिन, आइसीसी गरी ४ वटा डिजेल इन्जिनको सवारी साधनलाई कुल भन्सार दर २९१ दशमलव ५५ प्रतिशत लाग्नेमा भन्सार जाँचपास गर्दा पेट्रोल इन्जिन, प्लग इन हाइब्रिडको २९९६ सीसी जनाई कुल भन्सार दर २५७ दशमलव ९८ प्रतिशतमात्र लगाई जाँचपास गरेको पाइएको छ । ती चार वटा गाडीबाट ७१ लाख ४९ हजार रुपियाँ राजस्व छली गरेको भन्सार विभाग स्रोतले जानकारी दिएको छ ।

भन्सारका कर्मचारीहरुले ३५८ प्रतिशत लाग्नुपर्ने भन्सार महसुल नलगाई केवल २५७ प्रतिशत मात्र लगाएर गाडी छुटाएका हुन् । यस्तै अर्काे झण्डै ४०प्रतिशत भन्सार छुट दिइएको भेटिएको छ । यी गाडीमा विवाद्स्पद व्यापारी कमल मालपानीलाई साथ दिने भन्सार विभाग, वाणिज्य विभाग र यातायात व्यवस्था विभागका कर्मचारीहरु अख्तियारको फन्दामा पर्न लागेका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तस्करीको गोदाम खुल्दा तस्कर रुन्चे मदन आक्रामक, सशस्त्र प्रहरीमाथि हमला

३ करोड ६३ लाख अकुतमा डामिएका सव इन्जिनियरको मुद्धामा साक्षी प्रमाण बुझ्ने आदेश

मालपानीको ‘दानापानी’ खाने भन्सारका कर्मचारी अख्तियारको राडारमा

मन्त्रिपरिषद् बैठक बस्दै,जाँचबुझ आयोगको म्याद थप्ने तयारी

प्रदेश लोकसेवाले माग्यो सहायकस्तर चौथो तहमा ५ सय ३३ कर्मचारी

राष्ट्रिय सभामा आज विधेयक केन्द्रित एजेन्डा, सामाजिक सञ्जाल र पर्यटन विधेयकमाथि छलफल

स्वास्थ्य दुई कर्मचारी ११ औं तहमा बढुवा सिफारिस

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

बिशेष