गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

आकस्मिक कक्ष सामान्य उपचार कक्ष होइन — यहाँ प्रत्येक सेकेन्ड जीवन र मृत्युबीचको लडाइँ हुन्छ। तर यही संवेदनशील स्थानमा चिकित्सक असुरक्षित बनेपछि प्रश्न उठ्छ : अस्पताल सुरक्षित छैन भने कसका लागि हो?

बिज्ञापन

देशकै केन्द्रीय हृदय रोग उपचार हुने अस्पतालमा बिहीबार दिउँसो यस्तै दृश्य देखियो। ८३ वर्षीया वृद्ध आमाको अवस्था अचानक जटिल बन्दै जाँदा चिकित्सक जीवन जोगाउने निर्णयमा व्यस्त थिए। भेन्टीलेटरमा राख्ने तयारी चल्दै थियो। तर उपचारको निर्णायक क्षणमै चिकित्सकमाथि हातपात भयो।

बिज्ञापन

एकाएक ‘गलत औषधि दिएर आमा मारिस्’ भन्ने आरोपसँगै कुटपिट सुरु भयो। कपडा च्यातियो। चिकित्सक मानसिक रूपमा स्तब्ध भए। तर उपचार रोकिएन। भिडकै बीच उनले उपचार जारी राखे। अन्ततः वृद्ध आमाको ज्यान जोगियो।

आज ती आमा सुरक्षित छन् — भेन्टीलेटरबाट बाहिर निस्केकी छन्, खाना खाइरहेकी छन्। तर उपचार गर्ने चिकित्सक भने सुरक्षित छैनन्।

बिज्ञापन

घटनापछि आकस्मिक कक्षमा तोडफोड भयो। कम्प्युटर फुटाइयो। नर्सिङ स्टाफ र सुरक्षागार्ड कुटिए। धम्की दिइयो — फेरि आउने, कुट्ने, अस्पताल जलाइदिने। प्रहरी आयो, समात्यो, तर केही समयमै छोडियो। राति फेरि त्रास फैलियो। बिहान फेरि नियन्त्रण।

यो घटनाले एउटा तथ्य उजागर गर्‍यो — हामीसँग अस्पताल छन्, डाक्टर छन्, प्रविधि छ; तर स्वास्थ्यकर्मी जोगाउने संरचना छैन।

पीडित चिकित्सक भन्छन्, “म बलियो भएर सम्हालिएँ। तर म जस्तै अरू सबै बलियो हुँदैनन्।” उनको पीडा शारीरिक होइन, गहिरो मानसिक हो — आफ्नै आमालाई सम्झेर गरेको उपचारको बदलामा आत्मसम्मानमा लागेको चोट।

नाम सार्वजनिक गर्न उनी डराउँछन्। उपचार गरेबापत सम्मान होइन, जोखिम पाइने देशमा मौन रहनु नै सुरक्षित विकल्प बनेको छ।

आकस्मिक कक्षभित्र भएको यो घटना एउटा व्यक्तिको कथा मात्र होइन — यो हाम्रो स्वास्थ्य प्रणालीको ऐना हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष