सरकारी साक्षी नै घुसकाण्डमा फसेः मोही जग्गा दर्ता प्रकरणमा भक्तपुर मालपोतसँग मिलेमतो

काठमाडौँ । मोही जग्गा दर्ता गरिदिने नाममा घुस लिएको प्रकरणमा सरकारी साक्षी नै भ्रष्टाचारमा संलग्न भएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा कदम चालेको छ। अख्तियारले भक्तपुर मालपोत कार्यालयसँग मिलेमतो गरी २४ लाख ५० हजार रुपैयाँ घुस दिएको अभियोगमा तेजबहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

बिज्ञापन

अख्तियारका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतसँगको योजनाबद्ध मिलेमतोमा मोही बाँडफाँड तथा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग रकम असुल गरिएको थियो। सोही प्रकरणमा तेजबहादुर तामाङ र सानुकान्छा तामाङ यसअघि सरकारी साक्षीका रूपमा प्रस्तुत भई सजायमा पूर्ण छुट पाएका थिए।

बिज्ञापन

तर विशेष अदालतमा २०८२ असोज २३ गते बकपत्र गर्दा आयोगसमक्ष दिएको बयानको प्रतिकूल हुने गरी बयान दिएको तथ्य पुष्टि भएपछि उनीहरू पुनः अनुसन्धानको दायरामा परेका हुन्।
अनुसन्धानबाट भक्तपुरको साविक चाँगुनारायण गाउँ विकास समिति–५ख अन्तर्गतका कित्ता नम्बर २८६ र २८९ को जग्गा मोही बाँडफाँड/नामसारी सहजीकरणका लागि २४ लाख ५० हजार रुपैयाँ घुस लिएको ‘एक्टस रियस’ स्थापित भएको अख्तियारले जनाएको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो २४ लाख ५० हजार रुपैयाँ कायम गर्दै कैद र बिगोबराबरको जरिवाना सजाय मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यी हुन यही आर्थिक बर्षमा अनिवार्य अवकाशमा जाने २२ सचिवहरु

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

बिशेष