प्रमुख प्रशासकीय,सह लेखापाल र स्वास्थ्य शाखा प्रमुख विरुद्ध भ्रष्टाचार मुद्धा

१२ सयको बिललाई ९२ हजार र १३ सय ५० को बिललाई सच्चाएर १ लाख १ हजार ३ सय ५० रुपैयाँ बनाइ भुक्तानी लिएको भेटिएपछि अख्तियारले प्रमुख प्रशासकीय अधिकृत,लेखापाल र स्वास्थ्य शाखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि खरिदको नाममा नक्कली बिल बनाइ भ्रष्टाचार गरेको आरोपमा चार जना विरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ ।
अख्तियारले हुम्लाको ताँजाकोट गाउँपालिकामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत,स्वास्थ्य शाखा प्रमुख,सह लेखापाल र एक औषधि फर्माका सञ्चालकविरुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

बिज्ञापन

जस अनुसार,आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सह–लेखापाल बिर्षसिहं सुनार र नेपालगञ्जस्थित आर्यन फार्माका सञ्चालक कृष्ण कुमार भुजुवालाई प्रतिवादी बनाइएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका लागि औषधि तथा उपकरण खरिद गर्दा मिलेमतोमा खरिद नै नगरिएका सामग्रीको समेत विल बनाएको र वास्तविक बिलको अंक सच्याएर लाखौं रकम भुक्तानी लिएको अख्तियारको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

अख्तियारको अनुसन्धानको क्रममा बागेश्वरी सर्जिकलबाट १ हजार २ सय रुपैयाँको सामान खरिद गरिएकोमा त्यसलाई सच्याएर ९२ हजार रुपैयाँ बनाइएको थियो। १२ सय रुपैयाँको बिललाई सच्याएर ९२ हजार र १ हजार ३ सय ५० रुपैंयाको बिललाई सच्चाएर १ लाख १३ हजार भुक्तानी गरिएको पाइएको छ । एलाइड प्याथोक्याम एण्ड सर्जिकलको १ हजार ३ सय ५० रुपैयाँको बिलमा अंक थपेर १ लाख १ हजार ३ सय ५० रुपैयाँ भुक्तानी लिएको अख्तियारको दावी छ । यसबाहेक नक्कली ढुवानी बिल बनाएको र एउटा औषधिको सट्टा अर्कै सामग्री बिक्री गरेको देखाई झुटो बिल पेश गरेको पनि पुष्टि भएको छ। अख्तियारले उनीहरूले कुल १ लाख ९१ हजार ८ सय ५० रुपैयाँ हिनामिना गरेको ठहर गरेको छ। आयोगले चारै जना प्रतिवादीसँग जनही १ लाख ९१ हजार ८ सय ५० रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजायको मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

 प्रमुख प्रशासकीय,सह लेखापाल र स्वास्थ्य शाखा प्रमुख विरुद्ध भ्रष्टाचार मुद्धा

सरुवा भएको चार महिनासम्म लेखापालले लिएनन रमाना,सहमहालेखा नियन्त्रकले राखे चासो

अख्तियारको मुद्दापछि बुढीगंगा नगरपालिका ‘कर्मचारीविहीन’

न्यायधीश नियुक्तिका लागि निर्वाचन आयोगले दिएन सहमति

मेयरको घरमा अख्तियारको छापा

जेनजी ४२ सहिद परिवारलाई उपसचिवसरह ‘मासिक पेन्सन’ : निर्णय गुपचुप

सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी विष्णु भट्ट

सम्बन्धको मौनता

बिशेष