सामान्य प्रशासन मन्त्रालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका एक जना नायब सुव्वा तह(लेखापाल)का कर्मचारीले झण्डै चार महिनासम्म रमाना नलिइ बसेको पाइएको छ ।
बिज्ञापन
महालेखा नियन्त्रकको कार्यालयले गत असोज २८ मा २९ जना लेखापालहरुको सरुवा गरेको थियो । यसरी खटाइएकामध्ये अधिकांश लेखापालहरु खटाएको ठाउँमा पुगेर कामकाज गरिरहेका,र आ- आफ्नो जिम्मेवारी सम्हालिरहेका छन् । छन् तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फाजिलमा रहेका एक लेखापाल त्यहाँबाट सरुवा भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको भए पनि सरुवा भएको चार महिना बित्नै लाग्दा समेत रमाना नलिएको पाइएको छ । यसरी सरुवा भएको चार महिनासम्म रमाना नलिइ सामान्यमै बसिरहेका लेखापाल हुन श्यामकुमार बराल ।
यसरी सरुवा भएका कर्मचारीहरुलाई समयमै रमाना लिएर खटाइएको ठाउँमा जान महालेखाले समेत पटक पटक परिपत्र गरिरहेको छ । यद्यपि बरालले सरुवा भएको चार महिनासम्म खटाएको ठाउँमा जान अटेर गरेसँगै केही दिन अगाडि सहमहालेखा नियन्त्रकले समेत उनको बिषयमा चासो राखेका थिए ।
निजामती सेवा नियमावलीमा एक स्थानबाट अर्को स्थानमा सरुवा भएका कर्मचारीहरुले बरबुझारथको निमित्त २१ दिनको समय दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूले रमाना लिन अटेर गर्ने प्रवृत्ति बढेसँगै पटक पटक रमाना लिन परिपत्र जारी गरेको छ । रमाना नलिने कर्मचारी मात्रै होइन, नदिने कर्मचारीलाई समेत कारबाही गर्ने चेतावनीसमेत दिएको थियो । तर यस्ता परिपत्रहरु कागजी खोष्टा बन्दै आएको छ ।
बिज्ञापन
रमाना नलिएका तथा नदिएका अन्य निकायहरुलाई कारवाहीको डण्डा बर्साउने जिम्मेवारी प्राप्त निकायमै एक जना लेखापाल तहका कर्मचारी चार महिनासम्म रमाना नलिइ सरुवा अटेरी गरिरहेको दृश्यले सामान्य प्रशासनकै कर्मचारी प्रशासन फाँट,नेतृत्व तहमा बस्ने प्रशासकहरुको लागि राष्ट्रिय लज्जाको बिषय भएको प्रशासकहरु चर्चा गर्न थालेका छन् ।
सरुवा तथा कामकाजमा खटाइएका लेखापालहरुकोविवरण_dfrhtd6


























