अख्तियारको मुद्दापछि बुढीगंगा नगरपालिका ‘कर्मचारीविहीन’

बाजुरा । बुढीगंगा नगरपालिकामा एकैपटक सात जना कर्मचारी निलम्बनमा परेपछि स्थानीय सरकारको सेवा प्रवाह लगभग ठप्प भएको छ। प्रशासनिक भवन निर्माणको ठेक्कामा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै नगरपालिकाको दैनिक कामकाज प्रभावित बनेको हो।
अख्तियारले तत्कालीन नगर प्रमुखसहित सम्बन्धित कर्मचारीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कानुनअनुसार उनीहरू स्वतः निलम्बनमा परेका हुन्। निलम्बनमा पर्नेमा तत्कालीन अधिकृत छैटौं नरेन्द्र नाथ, सब–इन्जिनियर गणेशराज रेग्मी, खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सब–इन्जिनियर भीमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी र प्रशासन सहायक बसन्तबहादुर थापा रहेका छन्।

बिज्ञापन

एकैपटक यति धेरै कर्मचारी निलम्बनमा परेपछि शिक्षा, प्रशासन र प्राविधिक शाखाको काम ठप्प भएको नगरपालिकाले जनाएको छ। सेवाग्राही नागरिक सामान्य सिफारिसदेखि विकास निर्माणसम्बन्धी कामका लागि दिनहुँ पालिकामा धाइरहँदा पनि सेवा पाउन नसक्ने अवस्थामा पुगेका छन्।

बिज्ञापन

नगर प्रमुख रामबहादुर बानियाँका अनुसार कर्मचारी निलम्बन मात्रै होइन, यसै आर्थिक वर्षदेखि करार कर्मचारीको म्याद नथप्ने निर्णयले समस्या झनै चर्किएको छ। “केही कर्मचारी निलम्बनमा परे, त्यसैमा करार कर्मचारी पनि हटाइए। अहिले पालिकाको अवस्था निकै गाह्रो छ,” उनले भने।

स्थिति झन जटिल बनाउने अर्को कारण भनेको प्रमुख प्रशासकीय अधिकृतको अभाव हो। एक महिनादेखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक निर्णय ठप्प भएका छन्। हाल निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा भेटनरी शाखा प्रमुख प्रेम जैसी भए पनि उनलाई आर्थिक अधिकार दिइएको छैन।

बिज्ञापन

प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीको सरुवा भएपछि मन्त्रालयले भोजबहादुर ऐडीलाई खटाए पनि उनी हालसम्म हाजिर नभएको नगरपालिकाले जनाएको छ। यसबीच संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पारित गरिए पनि निर्वाचन आचारसंहिताका कारण नयाँ कर्मचारी राख्न नसकिने अवस्था रहेको नगर प्रमुख बानियाँले बताए।

कर्मचारी अभावकै कारण दैनिक प्रशासनिक काम, सिफारिस वितरणदेखि विकास निर्माणका योजना कार्यान्वयनसम्म सबैजसो गतिविधि रोकिएको नगरपालिकाको भनाइ छ। स्थानीय तहमा सुशासनको कुरा उठिरहँदा बुढीगंगा नगरपालिकाको वर्तमान अवस्था भने कर्मचारीविहीन प्रशासनको उदाहरण बनेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी कर्मचारीको तलब आजदेखि बढ्यो : अब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि

यी हुन यही आर्थिक बर्षमा अनिवार्य अवकाशमा जाने २२ सचिवहरु

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

बिशेष