चार शाखा अधिकृत उपसचिव सिफारिस

काठमाडौं — सरकारले विभिन्न सेवाका चार जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार रिक्त उपसचिव पदमा कार्यक्षमताको मूल्याङ्कनका आधारमा बढुवा अघि बढाइएको हो।

बिज्ञापन

बढुवा समितिको बिहीबार बसेको बैठकको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवातर्फ जियोलोजी समूह (जनरल जियोलोजी उपसमूह) बाट एक जना, सर्भे समूहबाट दुई जना तथा नेपाल कृषि सेवा अन्तर्गत कृषि प्रसार समूहबाट एक जना शाखा अधिकृत उपसचिव पदका लागि सिफारिस भएका छन्।

बिज्ञापन

सिफारिस सूचीमा सौनक भण्डारी, रामकुमार बस्नेत, शिवकुमार जोशी र शोभा ढकाल रहेका छन्।

मन्त्रालयका अनुसार बढुवा प्रक्रिया प्रचलित कानुनी व्यवस्था र कार्यसम्पादनको मूल्याङ्कनका आधारमा सम्पन्न गरिएको हो। अब औपचारिक प्रक्रिया पूरा भएपछि उनीहरूले उपसचिवको जिम्मेवारी सम्हाल्नेछन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चार शाखा अधिकृत उपसचिव सिफारिस

कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सरकारी जग्गा व्यक्तिलाई दिएको आरोप

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

सरकारी शिक्षक–कर्मचारीलाई चुनावी प्रचारमा नलाग्न निर्वाचन आयोगको कडा चेतावनी

मन्त्रिपरिषद् बैठक बस्दै

बिशेष