सरकारी शिक्षक–कर्मचारीलाई चुनावी प्रचारमा नलाग्न निर्वाचन आयोगको कडा चेतावनी

काठमाडौँ । निर्वाचन आयोगले सरकारी शिक्षक तथा कर्मचारीलाई निर्वाचनसम्बन्धी कुनै पनि प्रकारको प्रचार–प्रसारमा संलग्न नहुन कडा अनुरोध गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्रीलाई आचारसंहिता उल्लङ्घनको आशंकामा स्पष्टीकरण सोधिएसँगै आयोगले सबै सरकारी निकायका कर्मचारी र शिक्षकलाई आफ्नो पेसागत मर्यादा नबिर्सन चेतावनी दिएको हो।

बिज्ञापन

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता भइसकेको अवस्थामा केही सरकारी शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा खुलेर प्रचारमा लागेको गुनासो आयोगसम्म पुगेको जनाइएको छ। यस्तो गतिविधि निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै आयोगले तुरुन्तै त्यसमा संलग्न नहुन आग्रह गरेको छ।

बिज्ञापन

आयोगका अनुसार सरकारी सेवा र शिक्षण पेशामा आबद्ध व्यक्तिहरूले निष्पक्षता र तटस्थता कायम गर्नुपर्ने संवैधानिक तथा कानुनी दायित्व छ। यदि कुनै कर्मचारी वा शिक्षकले राजनीतिक दलको प्रचार–प्रसार गरेको प्रमाणसहित उजुरी परेमा कानुनअनुसार कडा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी आयोगले दिएको छ। आवश्यक परे जागिर जानेसम्मको अवस्था आउन सक्ने आयोगको स्पष्ट सन्देश छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै सरकारी निकायका कर्मचारी र शिक्षकले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने आयोगको जोड छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष