सहसचिवद्धय दाहाल र केसीले गरे विद्यावारिधी

नेपाल सरकारका दुई सहसचिवले विद्यावारिधी उपाधि हासिल गरेका छन् ।

बिज्ञापन

सहसचिवद्धय सुमन दाहाल र रमेश केसीले विद्यावारिधी हासिल गरेका हुन । दाहालले “व्यापार सहजिकरणमा नेपालको अवस्था र गर्नुपर्ने सुधार” विषयमा विद्यावारिधी गरेका हुन ।

बिज्ञापन

हाल अर्थ मन्त्रालयमा कार्यरत दाहालले व्यापार सहजिकरण, नीतिगत सुधार र प्रशासनिक प्रक्रियासम्बन्धी विषयमा केन्द्रित रहेर अनुसन्धान गरेका थिए । लामो समयदेखिको अध्ययन तथा अनुसन्धान प्रयासपछि दाहालले प्रस्तुत गरेको शोधपत्र र भाइबा समेत लिंकन विश्वविद्यालय कलेज, मलेसियाबाट स्वीकृत भएको हो। विश्वविद्यालयले आज औपचारिक रूपमा उनको विद्यावारिधी अध्ययन सम्पन्न भएको घोषणा गरेको छ ।

दाहाल अर्थमा आउनु अघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्वमा थिए । यस अघि भन्सार विभागको महानिर्देशक तथा अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख, प्रशासन महाशाखा, कोशी प्रदेश अर्थ सचिव, राष्ट्रिय योजना आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर सफलतापूर्वक कार्यसम्पादन गरिसकेका प्रशासक हुन ।
यस्तै सहसचिव रमेश केसीले समेत विद्यावारिधी उपाधि हासिल गरेका छन् । र केसीले राजनीतिक अस्थिरता र नेपालको आर्थिक विकासमा यसको प्रभाव’ विषयमा विद्यावारिधी उपाधि हासिल गरेका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष