रघुराजको अचानक आयो राजीनामा

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा रघुराज काफ्लेले राजीनामा दिएका छन् । नेपाल सरकारले शुरु गरेको स्वास्थ्य वीमा कार्यक्रम संकटमा परेको समयमा कार्यकारी निर्देशक काफ्लेले पदबाट राजीनामा दिएका हुन ।

बिज्ञापन

वीमा वोर्डले अर्वको भुक्तानी अड्काएका कारण स्वास्थ्य वीमा नै संकटमा परेको समयमा वीमा वोर्डका कार्यकारी निर्देशक काफ्लेले राजीनामा दिएका हुन । माघ १ गतेदेखि मात्र मासिक करोडौं घाटा खाएर स्वास्थ्य वीमा गर्न नसक्ने भन्दै त्रिवि शिक्षण अस्पतालले सो सेवाबाट हात झिकेको थियो ।

बिज्ञापन

स्वास्थ्य वीमा बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । तर अर्थ मन्त्रालयले यही मोडलमा बीमा कार्यक्रम चल्ने हो भने थप अनुदान दिन नसक्ने स्पष्ट पारेको छ । सरकारले आवश्यक सहयोग नगर्दा बीमा कार्यक्रम नै संकटमा परेको छ ।

लामो समयदेखि बिमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्न लागेको समयमा कार्यकारी निर्देशक काफ्लेले पदबाट राजीामा दिएका छन् । त्रिवि शिक्षण अस्पताललाई मात्र स्वास्थ्य वीमा वोर्डले ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । अस्पतालले १६ पुसमा स्वास्थ्य बीमा बोर्डलाई पत्र पठाउँदै बाँकी ३८ करोड ९५ लाख ९७ हजार रुपैयाँ तत्काल भुक्तानी गर्न र अस्पतालको दररेटअनुसार सम्झौता गर्न माग गरेको थियो तर सुनुवाई नभए पछि उसले उक्त कार्यक्रम बन्द गर्न लागेको हो । मासिक ४ देखि ५ करोडको बीमा क्लेम हुने तर डेढदेखि २ करोड दाबी अस्वीकृत हुने गरेको र विगत २ वर्षदेखि अस्पतालको दररेटलाई मान्न आग्रह गर्दा पनि सुनुवाइ नभएको अस्पतालले जनाएको छ ।

बिज्ञापन

बीमा बोर्डको कमजोर व्यवस्थापन, समयमै भुक्तानी नहुनु र दीर्घकालीन समस्या समाधानमा नेतृत्व असफल भएपछि मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको थियो । यस्तै पाटन अस्पताललाई करिब ६३ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ भने गंगालाल लगायतका अन्य अस्पतालले समेत यो प्रक्रियाबाट बाहिरिने तयारी गरिरहेको समयमा कार्यकारी निर्देशक काफ्लेले राजीनामा दिएका हुन । हाल स्वास्थ्य वीमा बोर्डको अध्यक्षमा चन्द्र थापा र कार्यकारी निर्देशक रघुराज काफ्ले छन्। तनहुँका काफ्लेलाई तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा बोर्डमा नियुक्ति दिलाएका थिए ।

उनले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनमा मन्त्री खनालको ६ महिना : ८५ वटा निर्णय,यस्ता छन् कामको फेहरिस्त

नव निर्वाचित माननीयको निर्देशन १३ स्थानीय सरकारलाई अमान्य

२५ कर्मचारी छड्केमा,प्रमुख प्रशासकीय अधिकृतसहितको हाजिरीमा लाग्यो रातो

प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहित चारविरुद्ध भ्रष्टाचार मुद्धा दायर

विजयी भएको प्रमाणपत्र बुझ्न प्रतिनिधि सभाको जेष्ठ सदस्य नै पुगेनन निर्वाचन आयोग

पर्यटक भिसामा खेल खेल्न प्रतिवन्ध

यी हुन शाखा अधिकृत बढुवाका लाइनमा रहेका ३०४ कर्मचारी

तीन बर्ष अदालतको चक्करपछि बल्ल उक्लिइन उपसचिवमा

बिशेष