रसुवाको भविष्य कसको हातमा ?

आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन रसुवाका लागि सामान्य राजनीतिक प्रक्रिया मात्र होइन, यो जिल्लाको आगामी पाँच वर्षको दिशा तय गर्ने महत्वपूर्ण अवसर हो। यस निर्वाचनमा उम्मेदवारी दिने सबै राजनीतिक दल तथा उम्मेदवारहरूले रसुवाबासीको एउटा गम्भीर प्रश्नको उत्तर दिन आवश्यक छ—विगत तीन दशकमा हामीले तपाईंहरूलाई दिएको विश्वासको प्रतिफल के हो, र अब फेरि किन तपाईंमाथि भरोसा गर्ने ?

बिज्ञापन

चुनावी समयमा देखाइने प्रतिबद्धता र निर्वाचित भइसकेपछि देखिने व्यवहारबीच ठूलो अन्तर रहँदै आएको गुनासो आज रसुवाका गाउँ–गाउँमा सुनिन्छ। यसले जनतामा निराशा र अविश्वास बढाएको छ।

बिज्ञापन

विकासका नाममा दोहोरिएका आश्वासन

नौकुण्ड गाउँपालिका अन्तर्गत अम्बास–भोर्ले–पारच्याङ–युब्रा–यार्सा हुँदै घाङ्गभर बोन्द्रोसम्मको सडक सञ्जाल आजसम्म पनि स्थायी रूपमा सुधार हुन सकेको छैन। वर्षौँदेखि कच्ची अवस्थामा रहेको यस सडकले वर्षायाममा स्थानीय बासिन्दाको दैनिक जीवनलाई अत्यन्त कठिन बनाएको छ।यसै क्षेत्रभित्र पर्ने खोलानालामा आवश्यक कल्भर्ट तथा साना पुल निर्माण नहुँदा जोखिम अझ बढेको छ।

बिज्ञापन

घट्ट खोला, जोम्सो खोला, मछीगङ डाँडाँ खोला, बोन्द्रो खोला र पेल्जुङ्ग खोला जस्ता स्थानमा स्थायी पुलको अभावले स्थानीय जनतालाई वर्षातमा एक ठाउँबाट अर्को ठाउँ पुग्नसमेत कठिन बनाएको छ। छिमेकी जिल्ला नुवाकोट (लच्याङ) सम्मको आवतजावत पनि जोखिमपूर्ण बनेको छ।यी समस्याहरू नयाँ होइनन्, तर समाधानको दिशामा ठोस पहल नदेखिनु नै जनताको मुख्य चिन्ता हो।

कागजी होइन, अनुभूत हुने विकास आवश्यक

नेताहरूले विकासको दाबी गरे पनि आम नागरिकले त्यसको प्रत्यक्ष अनुभूति गर्न सकेका छैनन्। यदि विकास भएको हो भने सडक किन अझै असुरक्षित छ ? वर्षायाममा गाउँ किन अझै अलग्गिन्छ ? जोखिम न्यूनीकरण किन प्राथमिकतामा परेन ?अब रसुवाबासीलाई तथ्यमा आधारित, परिणाम देखिने र दीर्घकालीन विकास चाहिएको छ।

निर्वाचन खर्च र राजनीतिक नैतिकता

निर्वाचन आयोग नेपालको व्यवस्था अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारले अधिकतम २७ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने कानुनी सीमा तोकिएको छ। तर रसुवामा यस नियमको प्रभावकारी कार्यान्वयन हुन नसकेको जनगुनासो व्यापक छ।

पैसा, भोजभतेर, पेट्रोल तथा विभिन्न प्रलोभनमार्फत मत प्रभावित गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य र राजनीतिक नैतिकतालाई कमजोर बनाएको छ।चुनाव पैसाले होइन, नीति, इमानदारी र जनविश्वासले जितिनुपर्छ।

युवाबीचको टकराव र नेतृत्वको मौनता

आज रसुवामा परिवर्तनको चाहना बोकेका युवा र जेन्जीहरू आपसमा नै टकराइरहेका देखिन्छन्। बाह्य अन्याय र संरचनागत समस्यासँग लड्नुपर्ने बेला आन्तरिक विभाजन बढ्नु चिन्ताजनक विषय हो। यस अवस्थामा राजनीतिक नेतृत्वको मौनता झनै प्रश्नको घेरामा परेको छ।

अब प्रश्न स्पष्ट छ समाजले चेतना अपनाउने कि पुरानै शैलीको राजनीति स्वीकार गर्दै जाने ?

सही नेतृत्व छनोटको समय

अब जनतालाई लोभ होइन, काम चाहिएको छ। भाषण होइन, परिणाम चाहिएको छ। पार्टीभन्दा माथि उठेर गाउँ, समाज र नागरिकको हित सोच्ने नेतृत्वको आवश्यकता छ।

गलत निर्णयको मूल्य पाँच वर्षसम्म तिर्नुपर्ने हुन्छ। त्यसैले मतदाताले विवेकपूर्ण र जिम्मेवार निर्णय लिनु आजको आवश्यकता हो।

निष्कर्ष

आगामी फाल्गुन २१ गते हुने निर्वाचनले रसुवालाई विकासतर्फ डोर्याउने कि पुनः निराशाको चक्रमा फसाउने भन्ने निर्णय गर्नेछ। यो निर्णय कुनै व्यक्ति वा दलविरुद्धको आरोप होइन, बरु जिल्लाको भविष्यप्रति गरिएको इमानदार प्रश्न र नागरिक अपिल हो।

अब चुप लागेर अन्याय सहने समय सकिएको छ।सचेत, जिम्मेवार र परिणाममुखी निर्णय लिनु आजको आवश्यकता हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी कर्मचारीको २ देखि १० दिनको तलब काटिने, राहतकोषमा ३६ करोड जम्मा हुने

मृत्युलाई जितेर फर्किएका अधिकृतको कहालीलाग्दो अनुभव

बाढीपीडितको उद्धारमा इन्धनको कमान्ड सम्हाल्दै निगमका प्रमुख यादव

दुई नदीको दोभानमा ठूलो ताल निर्माण,तीनदिनभित्र फुट्न सक्ने जोखिम

बाढीको वितण्डा : मृतकको संख्या २८९ पुग्यो

उद्धार- राहतलाई प्रभावकारी बनाउन ८ सहसचिवलाई फरक फरक जिम्मेवारी

बाढीपीडितको उद्धार र राहतमा तत्काल जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

बाढी प्रभावितलाई महालक्ष्मी नगरपालिकाको ३० लाख सहयोग,कर्मचारीको सात दिनको तलब कट्टा

बिशेष