१.
बिज्ञापन
नम्रता बन्छ प्रकाश
अहंकार ढल्छ धुलोमा
सद्भाव फैलियो।
बिज्ञापन
२.
शान्त मन, धैर्य साथ
सुनिन्छ अरूको कुरा,
विश्वास बन्छ बल।
३.
अहंकार हरायो
विनम्रता बाटो देखायो
मनमा शान्ति आयो।
४.
धन्यवाद, माफ छ
सानो शब्दले ठूलो छाप
सृष्टि पनि मुस्कायो।
५.
सहिष्णुता फुल्यो
विवाद हरायो चौतारी
समानता छायो।
६.
सीमितता बुझेँ
मन खुलेको नदी जस्तो
ज्ञानको प्रवाह।
७.
अधिकार होइन मैले
सम्मान बाँड्छु अरूलाई
समाज बन्यो सुन्दर।
८.
सकारात्मक ऊर्जा
विनम्रता मार्ग बनायो
समाज सजिलो।
९.
असफलतासँग खेल
सकारात्मक दृष्टि राख
सपना पुरा हुन्छ।
१०.
मनको
उज्यालो
विनम्रता नै दीप हो
सभ्यता बन्छ।


























