४४ उपसचिव,३ सहसचिव र दुई सचिवको सरुवा

न्याय सेवा आयोगले उपसचिव,सहसचिवदेखि सचिव तहका कर्मचारीहरुको सरुवा गरेको छ ।

बिज्ञापन

आयोगको आज बिहान बसेको बैठकले उपसचिवस्तरका ४४,तीन जना सहसचिव,एक सचिवको सरुवा गरेको हो ।

बिज्ञापन

जस अनुसार उद्धव प्रसाद पुडासैनीलाई महान्यायधिवक्ताको कार्यालयमा,नायब महान्यायधिवक्ताको जिम्मेवारीमा सरुवा गरेको छ । पुडासैनीलाई वेपत्ता पारिएको व्यक्तिहरुको छानबिन आयोगबाट महान्यायधिवक्तको कार्यालयमा सरुवा गरिएको हो ।

यस्तै आयोगले हालैमात्र सचिवमा बढुवा भएका ध्रुवबहादुर चौहानलाई वेपत्ता पारिएको व्यक्तिहरुको छानबिन आयोगमा पठाएको छ । महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता (सचिव) सूर्यराज दाहाल अनिवार्य अवकाशमा गगएसँगै ध्रुवकुमार चौहान विशिष्ट श्रेणी सचिव बन्ने बाटो खुलेको हो ।

बिज्ञापन

यस्तै,सरकारी वकिलतर्फ पूजा खत्रीलाई उच्च सरकारी वकिलको कार्यालय हेटौंडामा सहमहान्यायधिवक्तको जिम्मेवारी दिएर पठाइएको छ भने त्यहाँ कार्यरत रहेका अशोकराज रेग्मीलाई उच्च सरकारी वकिलको कार्यालय जनकपुर र जनकपुरमा कार्यरत विवेक कुमार वराललाई सहमहान्यायधिवक्तको जिम्मेवारीसहित महान्यायधिवक्ताको कार्यालयमा ल्याइएको छ ।

यस्तै आयोगले उपसचिवस्तरका ४४ कर्मचारीहरुको सरुवा गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ऊर्जा मन्त्रालयका उच्च पदाधिकारी एकैपटक पदमुक्त, अध्यादेशपछि व्यापक प्रभाव

सम्पत्ति शुद्धीकरणको राडारमा सीईओ,सञ्चालक समितिले गर्यो पदमुक्त

प्रदेश मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा

जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

ट्रेड युनियन खारेजी,चल अचल सम्पत्ति दम्पच बनाउने चलखेल

यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

सरकार र शीतलनिवास टकरावको संकेत

आवाज दबाएर समृद्धि ? कर्मचारी वृत्तबाट गम्भीर प्रश्न

बिशेष