रंगिला हाकिमलाई उपमहानगरपालिकामा भित्र्याउन हतार

बारास्थित जितपुरसिमरा उपमहानगरपालिकाले एक बदनाम उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा भित्र्याउन जोडबल गरिरहेको छ । सहसचिव बढुवामा सिफारिस भएका बदनाम उपसचिव डम्बरु निरौलालाई सो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा लैजान जोडबल गरिरहेको मन्त्रालयले स्रोतले पृष्टि गरेको हो ।

बिज्ञापन

त्यसैका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत उपसचिव हिरालाल चौधरीलाई हाजिर गर्न नदिने र बदनामी गराउने चलखेल गरेको छ,सो पालिकाले । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा कार्यरत रहेका चौधरीलाई सामान्य प्रशासनले गत पुस ११ गते जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई पठाएको थियो ।

बिज्ञापन

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई सरुवा भएर प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न गएसँगै रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतमा सामान्यले हिरालाल चौधरीलाई खटाएको भए पनि उनलाई हाजिर हुन नदिने रणनीति लिएको छ,पालिकाले ।चौधरीको बाटो छेक्ने र डम्बरु सहसचिवमा बढुवा भए लगतै उपमहानगरपालिकाको प्रमुख प्रशमासकीय अधिकृतमा पदस्थापनको व्यवस्था मिलाउन पालिकाले सामान्य प्रशासन मन्त्रालयमार्फत प्रयास गरिरहेको छ ।

सो पालिकाका मेयरमा माओवादीबाट निर्वाचित राजन पौडेल जिम्मेवारीमा छन्,उनले यस अघि सोही पालिकामा बसेका डम्बरु निरौलालाई लैजान चाहेका सामान्यका अधिकारीहरुले जनाएका छन् । डम्बरु विगतमा यौनकाण्ड लागेर बदनामीमा मुछिएका उपसचिव हुन । उनी झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा थिए ७९ साल चैत्र १५ गतेदेखि ८० साउनसम्म । साउन दोस्रो साता निरौलाले नगरपालिकाको क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर चुम्बन गरेको भिडिओ सामाजिक सञ्जालमा छरपष्ट भयो । त्यसपछि सामान्यले अतिरिक्त समूहमा तानिएका थिए,साउन २४ मा ।

बिज्ञापन

सामान्यको बरण्डामा तीन महिना आराम गरेपछि उनलाई भूमि सुधार तथा मालपोतमा तानेर वीरगञ्ज मालपोतको प्रमुख बनाएर खटाइएको थियो । झण्डै एक बर्ष वीरगञ्ज मालपोतमा बिताएका उनी त्यहाँबाट सरुवा भएर लहान,सिरहाको कार्यालय प्रमुख छन् अहिले ।

यौनकाण्डमा मुछिएका उनै निरौला सहसचिवमा बढुवा सिफारिस भइसकेका छन्,जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा । बढुवा सिफारिस समितिले नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहका १२ उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गर्दा निरौला समेत बढुवाका लागि सिफारिस भएका छन् । तिनै निरौलालाई जितपुरसिमरामा लैजाने योजना अनुसार अहिले हिरालाल चौधरीलाई रोक्ने प्रयास भइरहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

झापामा सहायक सिडिओ रहेका बेला जग्गा किर्ते काण्डमा संलग्न रहेको आरोप खेपिरहेका निरौला यस अघि जितपुरसिमराको प्रमुख प्रशासकीय चलाइसकेका कर्मचारी हुन । उनी ७७ साल साउनदेखि असोजसम्म सो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा थिए ।

यस बिषयमा बुझ्न सो उपमहानगरपालिकाका मेयर राजन पौडेलसँग सम्पर्क गर्दा ‘एक कार्यक्रममा छु,पछि कुरा गर्दछु’ भन्दै तर्किए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवको लिखित नतिजा सार्वजनिक,न्याय सेवाबाट ‘ह्याट्रिक हान्ने दाउमा’ केदार

सहसचिवको लिखित परीक्षामा १० उपसचिव उत्तीर्ण, ७ मात्र सिफारिस हुने

माघ २ देखि निर्वाचन आचारसंहिता लागू हुने, सरुवा,बढुवा र नियुक्तिमा लाग्नेछ लगाम

४४ उपसचिव,३ सहसचिव र दुई सचिवको सरुवा

रंगिला हाकिमलाई उपमहानगरपालिकामा भित्र्याउन हतार

निर्वाचनका कारण परीक्षा : लोकसेवाले रोक्यो, त्रिविसेवा धमाधम तालिका निकाल्दै

लोकसेवामा ‘भनसुन’ होइन, क्षमता चल्छ : पूर्व अध्यक्ष मैनाली

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनमध्य १८ प्रतिशतको मर्मत सम्पन्न,४८ प्रतिशत अझैं भग्नावशेष

बिशेष