सशस्त्र प्रहरीका तीन डीआईजी अनिवार्य अवकाशमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका तीन जना नायब महानिरीक्षक (डीआईजी) आज राति १२ बजेपछि अनिवार्य अवकाशमा जाने भएका छन्।

बिज्ञापन

ठीक एक वर्षअघि आजकै दिन एक वर्षका लागि म्याद थप भएका चार जना डीआईजीमध्ये तीन जनाको चार जोड एकको पदावधि सकिन लागेपछि उनीहरू अवकाशमा जान लागेका हुन्। अवकाशमा जाने डीआईजीहरूमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्यविभागमा कार्यरत कमल गिरी, मानवस्रोत विभागमा कार्यरत कुलबहादुर नेम्वाङ र स्टाफ कलेजमा कार्यरत शम्भु सुवेदी रहेका छन्।

बिज्ञापन

त्यसबेला म्याद थप भएका चार जनामध्ये गणेशबहादुर ठाडामगर भने यसअघि नै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भइसकेका छन्। उनी अहिले सशस्त्र प्रहरी बलको भावी नेतृत्वका प्रबल दाबेदारका रूपमा उभिएका छन्।

तीन डीआईजीको अवकाशसँगै सशस्त्र प्रहरी बलको उच्च नेतृत्व तहमा रिक्तता उत्पन्न हुने भएकाले आगामी पदस्थापन र बढुवा प्रक्रियाप्रति संगठनभित्र चासो बढेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

बिशेष