निजामती किताबखानाले निजामती सेवाबाट १ हजार २५९ कर्मचारीलाई शुद्धीकरण गरेको छ । निजामती कर्मचारीहरुको आधिकारिक विवरण राख्दै आएको निकाय निजामती किताबखानाले ती कर्मचारीहरुलाई आफ्नो प्रणालीबाट हटाएको जनाएको छ ।
बिज्ञापन
विगत एक दशकदेखि आफ्नो सम्पत्ति विवरण नबुझाएका,नियमित वैयक्तिक विवरण समेत अद्यावद्यिक नगरेका १२५९ कर्मचारीहरुलाई निजामती किताबखानाले आफ्नो प्रणालीबाट हटाएको हो ।
निजामती सेवामा रहेका कर्मचारीहरुको एकीन विवरण निकाल्नका लागि अर्थात शुद्धीकरण गर्न भन्दै निजामती किताबखानाले तीन महिना अगाडि शुद्धीकरण अभियान अन्तर्गत एउटा कार्यदल गठन गरेका थियो । सो कार्यदलमा किताबखानाका दुई जना निर्देशक,सूचना प्रविधि इञ्जिनियरका अलवा,प्रशासतर्फका २ जना नासुहरु रहेका थिए । सोही कार्यालयले तीन महिना समय लगाएर ८६ हजार कर्मचारीको एक एक विवरणहरु केलाउँदै जाँदा १ हजार २ सय ५९ कर्मचारीहरु प्रणालीबाट हटाएको हो । शुद्विकरण अभियान अन्तर्गत ५१५ वटा भौतिक फाइलको एक एक गरि प्रमाणीकरण गर्दा सेवाबाट हटिसकेका प्रमाण संलग्न रहेका ३१ जनालाई प्रणालीबाट पुर्ण रुपमा हटाइएको छ । बाँकी ४८४ फाइलको अतिरिक्त थप अन्य फाइल समेतको अध्ययन गर्दा बिगत १० बर्ष देखि पिआइएसमा कुनै पनि सूचना अपलोड नभएका, सम्पती बिवरण बुझाएको नपाईएको, सम्पर्क स्थापित हुन पनि नसकेका समेत कुल १,२६५ कर्मचारीहरुको बिवरणलाई पनि प्रणालीबाट निजामती किताबखानाले हटाएको हो ।
१० बर्ष बढि समय देखि निस्क्रिय रहेको र सम्पर्क समेत स्थापित हुन नसकेका यस्ता कर्मचारी सेवामा नरहेको हुँदा पछि थप अनुसन्धन हुने गरि लाइभ प्रणालीबाट तामेली सेक्सनमा स्थानान्तरण गरिएको महानिर्देशक पोखरेलले कर्मचारी प्रेसलाई जनाए ।
बिज्ञापन
एकै पटक १२९६ निजामती कर्मचारी शुद्धीकरणमा : किताबखानाले हटायो प्रणालीबाट
शुद्धीकरणमा परेका कर्मचारीहरुमा नेपाल प्रशासन,नेपाल इन्जिनियरिङ,नेपाल स्वास्थ्य सेवा,नेपाल कृषि,नेपाल वन,न्याय सेवाका कर्मचारीहरु रहेका छन् । जसमा सबैभन्दा प्राविधिक फाँटका कर्मचारीहरु रहेका छन् । कार्यालय सहयोगी,हुलाकी बन रक्षक,अहेव,स्टाफ नर्स,सहलेखापाल,रेञ्जर सहितका कर्मचारीहरु छन् । विवरण केलाउँदा सबैभन्दा धेरै श्रेणीविहिन कर्मचारीहरु शुद्धीकरणमा परेका छन् । यस्तै सहायकस्तरका कर्मचारीदेखि आठौं तहका कर्मचारीहरुसम्म शुद्धीकरणमा परेका हुन ।
निजामती कितावखानाको ड्यास वोर्डमा यस अघि ८६ हजार ३१५ कर्मचारी रहेको विवरण देखिँदै आएकोमा निजामती कर्मचारीको संख्या १ हजार २ सय ९६ ले घटेर ८५ हजार ०१९ मा झरेको हो ।
कुनै कर्मचारी प्रमाण सहित सम्पर्कमा आएमा शुद्विकरण गर्न सकिने गरि पुर्ण बिवरण सुरक्षित राखिएको तर यस्तो संभावना शून्य रहेको पोखरेल बताउँछन् ।

























