मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङनामले मालपोत कार्यालय डिल्लीबजारमा बिचौलियाको खुलेआम हावी देखिएपछि कार्यालय प्रमुखलाई कडा शब्दमा झापड दिएका छन्।

बिज्ञापन

बुधबार दिउँसो मन्त्री इङनाम सेवाग्राहीकै रूपमा मालपोत कार्यालय, डिल्लीबजार पुगेका थिए। कार्यालय परिसर र वरपर बिचौलियाहरू सक्रिय रूपमा सेवाग्राहीलाई घेरेर ‘काम मिलाइदिने’ गतिविधिमा संलग्न देखिएपछि मन्त्री आक्रोशित बनेका थिए।

बिज्ञापन

सो क्रममा उनले कार्यालय प्रमुख काजीबहादुर विष्टलाई बोलाएर “यहाँ सेवाग्राहीको होइन, बिचौलियाको राज चलिरहेको देखिन्छ” भन्दै कडा गुनासो व्यक्त गरे। राज्यको कार्यालय बिचौलियाको नियन्त्रणमा पुगेको भान हुनु गम्भीर लापरबाही भएको उनको टिप्पणी थियो।

मन्त्री इङनामले सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा दिन नसक्दा नै जनआक्रोश बढ्दै जेन–जी आन्दोलनसम्म पुग्नुपरेको उल्लेख गर्दै अब मन्त्रालय यस विषयमा गम्भीर भएर अघि बढ्ने चेतावनी दिए। “सरकारी सेवा लिन आउँदा नागरिकले अपमान र दुःख पाउन नहुने,” उनले स्पष्ट शब्दमा निर्देशन दिए।

बिज्ञापन

निरीक्षणपछि मन्त्रीले कार्यालय सुधार, बिचौलिया नियन्त्रण र कर्मचारीको जिम्मेवारीप्रति कडाइका साथ अनुगमन गरिने संकेत पनि दिएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

बिशेष