मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङनामले मालपोत कार्यालय डिल्लीबजारमा बिचौलियाको खुलेआम हावी देखिएपछि कार्यालय प्रमुखलाई कडा शब्दमा झापड दिएका छन्।

बिज्ञापन

बुधबार दिउँसो मन्त्री इङनाम सेवाग्राहीकै रूपमा मालपोत कार्यालय, डिल्लीबजार पुगेका थिए। कार्यालय परिसर र वरपर बिचौलियाहरू सक्रिय रूपमा सेवाग्राहीलाई घेरेर ‘काम मिलाइदिने’ गतिविधिमा संलग्न देखिएपछि मन्त्री आक्रोशित बनेका थिए।

बिज्ञापन

सो क्रममा उनले कार्यालय प्रमुख काजीबहादुर विष्टलाई बोलाएर “यहाँ सेवाग्राहीको होइन, बिचौलियाको राज चलिरहेको देखिन्छ” भन्दै कडा गुनासो व्यक्त गरे। राज्यको कार्यालय बिचौलियाको नियन्त्रणमा पुगेको भान हुनु गम्भीर लापरबाही भएको उनको टिप्पणी थियो।

मन्त्री इङनामले सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा दिन नसक्दा नै जनआक्रोश बढ्दै जेन–जी आन्दोलनसम्म पुग्नुपरेको उल्लेख गर्दै अब मन्त्रालय यस विषयमा गम्भीर भएर अघि बढ्ने चेतावनी दिए। “सरकारी सेवा लिन आउँदा नागरिकले अपमान र दुःख पाउन नहुने,” उनले स्पष्ट शब्दमा निर्देशन दिए।

बिज्ञापन

निरीक्षणपछि मन्त्रीले कार्यालय सुधार, बिचौलिया नियन्त्रण र कर्मचारीको जिम्मेवारीप्रति कडाइका साथ अनुगमन गरिने संकेत पनि दिएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष