नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

काठमाडौँ — नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी सेवा हत्याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीका तत्कालीन सब–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बिज्ञापन

आयोगको अनुसन्धानले मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटना को नाममा जाली लब्धांक पत्र तयार गरी आफू हाईस्कुल तह प्रथम श्रेणीमा पास भएको दाबी गरेको र मडैया बलुवा उच्च विद्यालय को नक्कली ‘स्कुल लिभिङ सर्टिफिकेट’ पेस गरेको तथ्य खुलेको छ।

बिज्ञापन

यही जाली कागजातलाई आधार बनाएर मण्डलले २०५३ साउन १ गते जिल्ला विकास समिति कार्यालय, सुनसरीमा सहायक सब–ओभरसियर पदमा स्थायी नियुक्ति पाएका थिए। पछि २०६७ माघ ७ गते उनी सहायक इन्जिनियरमा बढुवा भएका थिए।

नक्कली प्रमाणपत्रमार्फत पद, तलब तथा अन्य सरकारी सुविधा उपभोग गरेको पुष्टि भएपछि आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ का प्रावधानअनुसार कैद सजाय तथा जरिवानाको माग गर्दै मण्डलविरुद्ध विशेष अदालतमा आज आरोपपत्र दर्ता गराएको छ।

बिज्ञापन

आयोगले सार्वजनिक सेवा क्षेत्रमा यस्ता जालसाजी कडाइका साथ कारबाहीको दायरामा ल्याइने स्पष्ट गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मतदान अधिकृत घिमिरेको निधन, मतदानस्थल नपुग्दै जीवनयात्रा अन्त्य

यस्तो मतदान केन्द्र : जहाँ छन् ३९ मतदाता, भोट हाल्ने एकजना, खटिए १३ कर्मचारी

के हो ‘मौन अवधि’, : उल्लघंन गर्नेलाई हुनेछ यस्तो कारवाही

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको थप निर्देशन

मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

परिणामले विश्वास जित्ने मोहन आचार्यको समुन्नत रसुवा यात्रा

उद्योगका तीन कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

१४३ अस्थायी मतदान केन्द्रबाट ५ लाख ६१ हजार कर्मचारी, सुरक्षाकर्मीले गर्नेछन् मतदान

बिशेष