काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन्। आयोगले सोमबार नै सिलवालको बिदाइ गरेको छ।
बिज्ञापन
सिलवालको अवकाशसँगै आयोगमा एक आयुक्तको पद रिक्त भएको छ। हाल पाँच सदस्यीय आयोगमा प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वमा तीन जना आयुक्त—जय बहादुर चन्द, डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ट अमात्य—बाँकी रहेका छन्।
बिज्ञापन
सिलवाल २०७७ माघमा आयुक्त पदमा नियुक्त भएका थिए। आयोगमा आयुक्तको कार्यकाल सामान्यतया ६ वर्षको हुन्छ, तर ६५ वर्षे उमेर हदका कारण सिलवालले कार्यकाल पूरा नगरी नै अवकाश लिएका हुन् ।


























