संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालयले ४९ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।
बिज्ञापन
मन्त्रालयले आइतबारको निर्णय अनुसार विभिन्न मन्त्रालय,निकाय,आयोग,स्थानीय तहमा कार्यरत रहेका शाखा अधिकृतहरुको सरुवा गरेको हो ।
बिज्ञापन
सरुवाको सूची अनुसार,सामान्यको अतिरिक्त समूहका रहेका विकास सुन्दासलाई सुरुङ्गा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ । यस्तै रामनगर गाउँपालिकाबाट उमेश महत्तो बलवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् । ९ जना शाखा अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइँदा ६ जना सामान्य प्रशासनको अतिरिक्त समूहमा ल्याइएको छ । यस्तै तीन गृह मन्त्रालयमा सरुवा भएर आएका छन् ।


























