प्रधानन्यायधीशको खरो प्रश्नले इजलाशमै ढले अधिवक्ता

मुद्धाको बहस गर्दा गर्दै सर्वाेच्च अदालतमा अधिवक्ता सुलभ खरेल ढलेका छन् ।

बिज्ञापन

संवैधानिक इजलासमा बुधबार नेकपा एमालेले दायर गरेको रिटमा संवैधानिक इजलासमा बहसको लागि उभिएका खरेललाई न्यायधीशहरुका एक पछि अर्काे प्रश्नको समाना गर्न नसकेर बेहोस भएर ढलको हुन ।

बिज्ञापन

आजको इजलशमा एमालेले दायर गरेको संसद पुर्नस्थापनाको मुद्धाका लागि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मासहितको इजलासमा अधिवक्ता सुलभ खरेल बहसका लागि तयार भएका थिए ।
शुरुमा उनले आफ्नो परिचय दिए । बहस प्रारम्भ हुनै लाग्दा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले रोक्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेको विषयमा प्रष्टीकरण मागे ।

‘विद्वान मित्र तपाईं यो इजलासमा बहस गर्न त आउनुभयो । तपाईंलाई याद छ कि छैन, भदौ २४ गते सर्वोच्च अदालतको आगजनीपछि तपाईंले सामाजिक सञ्जालमा के लेख्नु भएको थियो ? एउटा कानुन व्यवसायीले मर्यादा राख्नुपर्छ कि पर्दैनरु तपाईं सर्वोच्च अदालत र बारमा आगजनी हुँदा खुसी हुनुपर्ने कारण के हो ? न्यायधीश सपना मल्ल प्रधानले समेत उनीमाथि प्रश्न गरिन न्यायाधीशलाई पार्टीको झोले भनेको छ, अदालत मात्रै जल्यो न्यायाधीशलाई पनि जलाउनुपर्छ भनेर सार्वजनिक रुपमा बोल्दा विचार गर्नपर्छ कि पर्दैन ?

बिज्ञापन

भदौ २४ गते जेजनी आन्दोलनको आवरणमा सर्वोच्च अदालतसहितका अदालत र बार एशोशियसनका कार्यालय जल्दा खुशी मनाउने अधिवक्ता सुलभ खरेल त्यहीँ विषयले इजलासमा असिनपसिन मात्र भएनन्,इजलाशमै ढलेका छन् ।

त्यसपछि अधिवक्ता खरेल बोल्न सकेनन् । एकपछि अर्को प्रश्न इजलासबाट दोहोरिन थालेपछि खरेल रेल उभिएको ठाउँमै ढले । खरेल ढलेपछि कानुन व्यवसायीहरुले उठाए र केही शान्त पार्ने कोसिस गरे । उनलाई पानी खुवाएपछि सामान्य भई कुर्सीमा राखेर पछि मुख्य रजिष्ट्रार विमल पौडेलको साथमा पठाइएको थियो ।
अमेरिकामा कानुन पढेर आएका खरेल रास्वपामा आवद्ध छन् । मंसिरका लागि तोकिएको रुपन्देही(३ को उप चुनावमा उनी उक्त पार्टीबाट उम्मेदवारको दावेदार थिए । तर, रास्वपाले लेखजंग थापालाई टिकट दिने निर्णय गर्यो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानन्यायधीशको खरो प्रश्नले इजलाशमै ढले अधिवक्ता

अर्काे सचिव पनि अनिवार्य अवकाशमा

महानिर्देशक र पूर्वनिर्देशक पक्राउ,अन्य पाँच प्रतिवादी फरार

अख्तियारले समायो अर्काे ठूला माछा

‘स्थायी डिजी’ :हाइप्रोफाइल कार्यालय नभेटे छटपटीमा पर्ने हाकिमहरु

उदाहरणीय सुशीला : दुबै हात छैनन्,खुट्टाले लेखेरै शाखा अधिकृत

आफू पनि खटाएको ठाउँमा नजाने, अरुलाई पनि नपठाउने !

पेशागत फाँटबाट को को चुनिए प्रतिनिधि ?

बिशेष