महानिर्देशक र पूर्वनिर्देशक पक्राउ,अन्य पाँच प्रतिवादी फरार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

कार्यकाल सकिन दुई महिना अवधि बाँकी रहँदा अख्तियारले क्यानका महानिर्देशक अधिकारीसहित उप प्रबन्ध निर्देशक सम्वृति श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका प्रोप्रराइटर विजय थापालाई प्रतिवादी बनाएको छ । अख्तियारले मुद्धा चलाएकामध्ये प्राधिकरणका ४ जना, १ इन्जिनियर र १ कन्सलटिङ कम्पनी र त्यसका प्रोप्राइटर छन् ।

बिज्ञापन

अख्तियारले सात जनालाई प्रतिवादी बनाएर मुद्धा दायर गरेकोमा महानिर्देशक अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीमात्रै पक्राउ परेका छन्। अन्य ५ जना फरार छन्। अधिकारी र भण्डारीलाई भने थुनामै राखेर मुद्दा थुनछेक गर्ने अख्तियारको तयारी छ। अख्तियारका अनुसार,अधिकारी पक्राउ पर्ने चाल पाए पछि विदेश उड्ने तरखर गरिरहेको समयमा आयोगबाट खटिएको टोलीको नेतृत्व गर्दै नेपाल प्रहरीका एसपी मोहन थापाले उनलाई नियन्त्रणमा लिएको बताइन्छ ।

पोखरा,भैरहवामा निर्मित विमानस्थलमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले अनुसन्धान जारी राखेकै बखत उनी भक्तपुरको नलिञ्चोकमा निर्मित हेलीपोर्टमा १३ करोड भ्रष्टाचार गरिएको आरोपमा भएको अनुसन्धानको प्रारम्भिक चरणमा उनको संलग्नता देखिएपछि थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

बिज्ञापन

उनीहरु उपर अख्तियारले १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याडमा भ्रष्टाचार प्रकरणमा बुधबार मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष