भन्सार विभागले ठूलो संख्यामा कर्माचरीहरुको सरुवा गरेको छ । विभागले नेपाल प्रशासन सेवा राजश्व समूहका १७१ जना नायब सुब्बाहरुको सरुवा गरेको हो ।
विभागको यही १४ मंसिरको निर्णय अनुसार विभिन्न जिल्ला भन्सार कार्यालय,भन्सार विभागमा कार्यरत रहेका कर्मचारीहरुको सरुवा गरिएको विभागले जनाएको छ ।
जस अनुसार विभागमा रहेका ११ कर्मचारी विभिन्न भन्सार कार्यालयमा सरुवा भएर गएका छन् भने १२ जना भन्सार विभागमा भित्रिएका छन् ।
बिज्ञापन
त्रिअवि भन्सार कार्यालयबाट ३० जना नासुहरु विभिन्न भन्सार कार्यालयमा सरुवा भएका छन् ।सरुवा सूची अनुसार,भन्सार जाँचपास कार्यालयबाट ६ जना,चोभार सुख्खा बन्दरगाहबाट ४ जना नासुहरु सरुवामा परेका छन् । यस्तै,मेची भन्सारबाट सात जना नासुहरु सरुवामा परेका छन् ।
बिज्ञापन
मिति २०८२।०८।१४ को निर्णयानुसार राजस्व समूह नायब सुब्बाको सरुवा विवरण


























