वायु सेवा निगमको महाप्रबन्धकका लागि १६ जनाको आवेदन

नेपाल वायुसेवा निगमका महाप्रवन्धक पदका लागि १६ जनाको आवेदन दिएका छन् ।
महानिर्देशक बन्ने चाहना राख्नेमा टंकनिधि दाहाल, योगराज शर्मा कँडेल, डा दीपकप्रकास बास्तोला, भिमबहादुर चन्द, सन्तुष्ट कुमार बस्नेत, रघुनाथ विडारी, आशिष थापा, इन्जिनियर अभिनव कार्की, क्याप्टेन वेदप्रसाद उप्रेती, विष्णुबाबु मिश्र लगायत रहेका छन् ।

बिज्ञापन

यसरी आवेदन दिनेहरुम हवाईक्षेत्रमा जानकार, विज्ञ, वायुसेवा निगमकै निर्देशक,पूर्व कर्मचारीहरु रहेका छन् । आवेदन दिनेमध्येका दाहाला निगमका मार्केटिङ विभागका निर्देशक हुन भने हवाई विज्ञ हुन । यस्तै बास्तोला नेपाल आर्मीको हवाई उडान विभागका काम गरिसकेका अनुभवी व्यक्ति हुन ।

बिज्ञापन

निगममा रिक्त रहेको महाप्रवन्धक पदपूर्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छनोट समिति बनेको छ । मन्त्रालयले गत कार्तिक २७ गते १५ दिनको म्याद तोकेर विज्ञापन खुलाएकामा १६ जनाले आवेदन दिएका समितिले जनाएको छ ।

छनोट समितिले आवदेकहरुमध्येबाट तोकिएको शर्त पालना गरेहरुलाईलाई सर्ट लिष्ट गर्ने र कार्यपत्र प्रस्तुतीसहित अन्तरवार्ताको प्रक्रिया पूरा गरेर उपयुक्तमध्ये तीन जनाको नाम सिफारिश गर्ने छ । यो समितिले सिफारिस गरेकामध्येबाट एक जनालाई सरकारले निगमको आगामी ४ वर्षका लागि कार्यकारी प्रमुख अर्थात महाप्रवन्धक पदमा नियुक्त गर्ने छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष