निजामतीको साख स्खलित हुँदै गएकोप्रति मुख्यसचिव चितिन्त,कार्यशैली परिवर्तन गर्न सुझाव

नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले निजामती सेवाको साखलाई अझ उँचो बनाउन तथा सुशासन, सेवाप्रवाह, विकास निर्माणमा सुधार ल्याउन व्यक्तिगत आचरण र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन्।

बिज्ञापन

मुख्यसचिवको बहालीपछि सचिवहरुको बैठक राखेर कर्मचारीले आचरण र कार्यशैलीमा आमूल परिवर्तन गर्नुको विकल्प नरहेको बताए। कर्मचारीहरू सार्वजनिक पदाधिकारी भएकाले उनीहरूले आफ्नो चरित्र र आचरणलाई सदैव स्वच्छ, पवित्र र पारदर्शी राख्नसक्नुपर्ने बताउँदै अर्यालले निजामती सेवा जुनस्तरमा चुस्त, स्वच्छ र पारदर्शी हुन्छ राज्यका अरू क्षेत्रहरूमा त्यही स्तरमा प्रभाव देखिने हुँदा राज्यका अन्य क्षेत्रमा असल परिणाम प्रदर्शन गर्न पनि निजामती सेवा अरूभन्दा अब्बल, अनुशासित, मर्यादित र परिणाममुखी हुन जरुरी छ।

बिज्ञापन

उनले स्थायी सरकार जनताको घरदैलोमा पुग्ने उल्लेख गर्दै हाम्रो अनुहारमा सरकार प्रतिम्बित हुने उल्लेख गरे । मुख्यसचिव अर्यालले भने तपाईं हामीले अवलम्बन गर्ने सोच र प्रदर्शन गर्ने शैली, व्यवहार र आचरणले सरकारको समग्र छवि निर्धारित हुन्छ । सरकारलाई सफल बनाउन, सरकारले जनताप्रति गरेका वाचा र प्रतिबद्धतालाई पूरा गरी सरकारप्रति जनताको भरोसा र विश्वासलाई कायम राख्न तथा सर्वसाधारणको नजरमा सरकारको छविलाई उच्च बनाउन निजामती कर्मचारीहरू आफ्नो कर्तव्य, जिम्मेवारी र दायित्वप्रति सदैव समर्पित हुन सक्नुपर्ने उल्लेख गरे ।

उनले जनताको काम समयमै नगरिदिने र जिम्मेवारी पन्छाउने प्रवृत्तिले निजामती सेवाको साख क्रमशः स्खलित हुँदै गएको उल्लेख गर्दै कार्यशैली आमूल परिवर्तन ल्याउनुपर्ने उल्लेख गरे । मुख्य सचिव अर्यालले निष्पक्ष, तटस्थ र निःस्वार्थ भएर कानून बमोजिम आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने निजामती कर्मचारी विभिन्न राजनीतिक आस्था र गुटमा विभाजित हुँदै निजामती सेवाको सबैभन्दा आधारभूत चरित्र निष्पक्षता, तटस्थता र इमान्दारीमाथि नै खेलवाड गर्न उद्यत रहेको,सरुवा र पदस्थापनका लागि कर्मचारीहरूबीच हुने गरेको अस्वच्छ प्रतिस्पर्धा, आफ्नो क्षमता, दक्षता, अनुभव र कार्यसम्पादन योग्यता भन्दा पनि अमुक दल वा प्रणालीले नचिनेको व्यक्तिसँगको सामीप्य र बसउठले आज निजामती सेवालाई शिथिल बनाएको उल्लेख गरे ।

बिज्ञापन

निष्पक्ष, तटस्थ र निःस्वार्थ भएर कानून बमोजिम आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने निजामती कर्मचारी आज विभिन्न राजनीतिक आस्था र गुटमा विभाजित हुँदै निजामती सेवाको सबैभन्दा आधारभूत चरित्र निष्पक्षता, तटस्थता र इमान्दारीमाथि नै खेलवाड गर्न उद्यत छन्। सरुवा र पदस्थापनका लागि कर्मचारीहरूबीच हुने गरेको अस्वच्छ प्रतिस्पर्धा, आफ्नो क्षमता, दक्षता, अनुभव र कार्यसम्पादनयोग्यता भन्दा पनि अमुक दल वा प्रणालीले नचिनेको व्यक्तिसँगको सामीप्य र बसउठले आज निजामती सेवालाई शिथिल बनाएको उल्लेख गरे ।

यद्यपि मुख्यसचिव पदमा मेरो नियुक्तिसँगै निजामती सेवाको नेतृत्व तहको पदमा पदाधिकारी नियुक्ति गर्दा बहालवाला सचिवहरूमध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा छनौट गर्ने निजामती सेवा ऐनको व्यवस्था अनुसरण हुन सकेको सबैले महसुस गरेका उल्लेख गर्दै यसबै विधि, पद्धति र प्रणालीको संस्थागत विकास र परिपालनामा समर्पित रहनसक्यौं भने समग्र निजामती सेवाको गरिमा उँचो हुनेछ र मुलुकमा सुशासन कायम गर्न सहयोगी हुने बताए । चुनौतीपूर्ण अवस्थामा मलाई प्राप्त हुन आएको मुख्यसचिव पदको जिम्मेवारीलाई म निःस्वार्थ र निस्पृह भावले पूर्ण जिम्मेवारी बोधका साथ राष्ट्र र जनताको सर्वोत्तम हित हुनेगरी सम्हाल्न प्रतिबद्ध रहने मुख्यसचिव अर्यालले आफ्नो कार्यकालमा निजामती सेवाको साखलाई अभिवृद्धि गरी यसलाई सुशासन, सेवाप्रवाह, विकास निर्माण र मुलुकको समग्र रूपान्तरणको मियोको रूपमा स्थापित गर्न अहोरात्र क्रियाशील रहने जनाए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

बिशेष