गृह मन्त्रालयले एक सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ । एक प्रमुख जिल्ला अधिकारी र दुई सहायक प्रमुख जिल्ला अधिकारीहरु चलाउँदा दुई जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् ।
बिज्ञापन
जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई जिप्रका डडेल्धुरामा सरुवा गरिएको हो। कोइराला गृह प्रशासनमा सबैभन्दा बढी खेदाइमा परिरहेका सहसचिव हुन ।
यस्तै गृहले दुई उपसचिवहरुको सरुवा गरेको छ । गृहले आज गरेको सरुवा सूची अनुसार जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा र जिप्रका डडेल्धुराका सावित्रा पुनको पनि सरुवा गरेको छ। बुढालाई अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाइएको छ भने डडेल्धुराबाट सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई दाङमा सरुवा भएको मन्त्रालयले जनाएको छ।
बिज्ञापन


























