जेनजीको मर्म अनुसार चल्दैछन् त सचिव र सहसचिवहरु ?

प्रदेशमा भएको सरुवा उल्टाएर पार्वती शर्मा संघीय मामिला तथा सामान्य प्रशासनमा पुगेसँगै कर्मचारी परिचालनमा पूरै भद्रगोल देखिएको छ ।

बिज्ञापन

केपी शर्मा ओली सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सिंहदरबारदेखि आकर्षक कार्यालयमा रजगज गरेर बसेका उपसचिव र शाखा अधिकृतहरुलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएर निमित्तको राज अन्त्य गर्ने प्रयास गरेको थियो ।

बिज्ञापन

तर सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ र कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव पार्वती शर्माले यस अघि खटाइएका शाखा अधिकृतहरुलाई १३ दिनमै सरुवा गर्ने,उपसचिवहरुको सरुवा बदर गरेर एक पछि रमिता देखाइरहेछन । कार्तिक महिनामात्र सो मन्त्रालयले ४ सय बढी कर्मचारीहरुको सरुवा गरेको छ । यसरी सरुवा गर्दा मन्त्रालयले खरिदारदेखि उपसचिव तहका कर्मचारीहरु चलाएको थियो ।

 एक हुन अधिकृत हरिशंकर यादव । सामान्यले उनलाई सर्लाहीको चन्द्रनगर गाउँपालिकामा खटाएको थियो,०८२ कात्तिक १३ गते तर दुई साता नबित्दै उनलाई २६ कार्तिकमा धनुषाको मिथिला नगरपालिकामा सरुवा गरेको हो । सामान्यका पार्वती शर्मा पुगे यता भएका सरुवा झनै विकृत बन्न पुगेको छ । जस्तो असोज ७ मा २ उपसचिवको सरुवा गरेको थियो । मन्त्रालयको निर्णयानुसार जिल्ला समन्वय समिति डडेल्धुरामा कार्यरत रहेका धर्मराज लम्साललाई काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कामकाज खटाएको थियो । त्यसैगरी, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद आचार्यलाई मन्त्रालयकै अतिरिक्तमा तानिएको थियो ।

बिज्ञापन

मन्त्रालयले त्यसपछि असोज ३० गते १७ जना शाखा अधिकृतहरूको सरुवा गर्‍यो । शाखा अधिकृतहरू जितेन्द्रकुमार पासवान, रुका भट्टराई, नवराज भण्डारी, बाबुराम न्यौपाने, मणिराज पौडेल, कपिल ज्ञवाली, सुदीप कुइँकेल, नरेश विष्ट, मोहन बन्जाडे, बासुदेव भण्डारी, चित्रप्रकाश जोशी, अर्जुन पौडेल, निर्ज ठगुन्ना, आशिष थापा, जुवालदास राई, दीपक न्यौपाने र अजयकुमार सिंहको सरुवा भएको थियो । त्यसमध्ये ९ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको थियो भने केहीलाई गृह मन्त्रालयसहित अन्य मन्त्रालयहरूमा सरुवा गरिएको थियो । यस्तै कात्तिक ११ गते मन्त्रालयको अतिरिक्त समूहमा रहेका, दरबन्दी फाजिलमा परेका र विभिन्न प्रदेशबाट फिर्ता पठाइएका ७ जना शाखा अधिकृतहरूको सरुवा गरियो । शाखा अधिकृतहरू कविता सुवेदी , निर्मलकुमार मैनाली, रामप्रसाद घिमिरे, पवित्रा शाही, लक्ष्मी भट्टराई, देवकी रावत र सुदर्शन दाहाललाई सरुवा गरियो । त्यसमध्ये प्रायः सबैलाई काठमाडौंमै केही मन्त्रालय र आयोगमा सरुवा गरिएको थियो भने केहीलाई मात्र प्रदेशमा सरुवा गरिएको थियो । कत्तिक १२ गते पुनः १० जना शाखा अधिकृतहरूलाई मन्त्रालयले सरुवा गर्‍यो । त्यसक्रमा शाखा अधिकृतहरू विष्णुहरि देवकोटा, माधवकुमार अधिकारी, डिकेन्द्रप्रसाद सुवेदी, लोकेन्द्रबहादुर ज्ञवाली, राजन श्रीवास्तव, रामदिन चौधरी, पदमबहादुर डाँगी,दिलकृष्ण श्रेष्ठ, विश्वमंगल शर्मा र सुरेश घिमिरेको सरुवा गरिएको थियो । ती १० मध्ये ९ जनाको निर्वाचन आयोग वा अन्तर्गत सरुवा गरिएको थियो भने एकजना विष्णुहरि देवकोटालाई वन तथा वातावरण मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको थियो ।
यस्तै कात्तिक १३ गते आठ जना नयाब सुब्बा र ५ जना खरिदार गरी १३ जनाको एकसाथ सरुवा गर्‍यो । सरुवा हुने १३ जनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रही कार्यरत रहेका, दरबन्दी फाजिलमा परेका, संवैधानिक निकायबाट सरुवा सहमति प्राप्त भएका तथा विभिन्न प्रदेशबाट काज फिर्ता भएका कर्मचारीहरू थिए । मन्त्रालयको अनुसार कात्तिक १४ गते ७ जना उपसचिव र ५ जना शाखा अधिकृतसहित कुल १२ जनाको सरुवा गरियो । यस्तै कात्तिक १६ गते १० जना शाखा अधिकृत, ३ जना नायब सुब्बा र ४ जना खरिदारसहित १७ जना कर्मचारीको सरुवा भयो । १० शाखा अधिकृतमध्ये केहीलाई निर्वाचन आयोग वा अन्तर्गत सरुवा गरिएको थियो । कात्तिक १७ गते १० जना उपसचिव, १८ जना शाखा अधिकृत र ५ जना कम्प्युटर अपरेटर र नायब सुब्बा सहित ३३ जनाको एकसाथ सरुवा गरिएको थियो । मन्त्रालयले प्रायःजसो स्थानीय तह, विभिन्न मन्त्रालय र आयोगमा ती कर्मचारीहरूको सरुवा गरिएको थियो ।

कात्तिक १८ गते फेरि ६ जना उपसचिव, १३ जना शाखा अधिकृत, १२ जना नायब सुब्बा , ५ जना कम्प्युटर अपरेटर, १ जना सब इन्जिनियर र ४ जना खरिदारसहित कुल ४१ जनाको सरुवा गर्‍यो, त्यसमध्ये अधिकांशलाई सिंहदरबारस्थित विभिन्न मन्त्रालय र अन्तर्गत ल्याइएको थियो । १९ कार्तिकमा १७ जना उपसचिव, १७ जना शाखा अधिकृत, १ जना नायब सुब्बा र १० जना खरिदार सहित कुल ४५ जना कर्मचारीहरूको सरुवा गरिएको थियो । सोही सरुवामा विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत १४ जना उपसचिवहरूलाई एकसाथ गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको थियो । त्यसैगरी, शाखा अधिकृतहरूमध्ये केहीलाई निर्वाचन आयोग वा अन्तर्गत र बाँकीलाई विभिन्न मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको थियो । यस्तै कात्तिक २० गते १९ जना उपसचिव र ८ जना शाखा अधिकृतहरूसहित कुल २७ जना कर्मचारीहरूको एक साथ सरुवा गर्‍यो ।कार्तिक महिनामा मात्र ४ सय बढी कर्मचारी सरुवा भएका छन । जसमध्ये अघिल्लो पटक भगवती न्यौपाने मन्त्री हुँदा २१९ पालिकामा खटाइएका   उपससचिव र शाखा अधिकृतमध्ये ६० प्रतिशतले आफ्नो सरुवा उल्टाएका छन् ।

यसरी सरुवा उल्टाउने उपसचिवहरुमा गृह फिर्ता भएका दुई दर्जन बढी रहेका छन् भने रमिला भण्डारी,यमुना सापकोटा,सोमराज बराल, शेखर पौड्याल, फणिन्द्र दाहाल, मातृका आचार्य, कमलप्रसाद पाण्डे, तारानाथ पनेरु, जितेन्द्रकुमार यादव, नरेशकुमार यादव, नारायण पाण्डेय, रुद्रप्रसाद न्यौपाने, पुष्कर राना, तुलसीप्रसाद दाहाल, मुकेशकुमार केशरी, प्रदर्शनी कुमारी, चेतराज बराल, प्रर्दशनी कुमारी,अनुज भण्डारी, चिरञ्जीवी राना र विनोदकुमार पोखरेलहरु गृहमै फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन सचिव रिक्त,यी हुन बढुवाको पर्खाइमा रहेका सहसचिवहरु

प्रधान सेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान

जेनजीको मर्म अनुसार चल्दैछन् त सचिव र सहसचिवहरु ?

मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

१९ उपसचिवको सरुवा

पार्वती फर्किएपछि सरुवाको काम धमाधम

३२ जना शाखा अधिकृतको सरुवा (नामावलीसहित)

सेवा अन्तर आवद्वता विस्तार: अब तालिम विवरण सिधै PIS मा अपडेट हुने

बिशेष