संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक अधिकृतस्तरका ५१ कर्मचारीको सरुवा गरेको छ । सरुवा भएकामध्ये १९ उपसचिव र ३२ शाखा अधिकृतसहितस्तरका कर्मचारीहरु रहेका छन् ।
बिज्ञापन
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा हेर्दै आएकी पार्वती शर्मा साता दिन लामो चीन भ्रमण सकेर फर्किए लगतै कर्मचारी सरुवाले निरन्तरता पाउन थालेको हो । उनी चीन भ्रमणमा जानु अघि हरेक दिन जसो कर्मचारी सरुवा हुँदै आएको थियो । उताबाट फर्किए पछि फेरि यो क्रमले निरन्तरता पाएको हो ।
बिज्ञापन
मन्त्रालयले सोमबार एकै पटक ५१ जना अधिकृतस्तरका कर्मचारीहरुको सरुवा गरेको छ । जसमा १३ जना कर्मचारीलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा ४ जना उपसचिवलाई विभिन्न नगरपालिकामा र ९ जना शाखा अधिकृतलाई विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । यस्तै मन्त्रालयले ४ उपसचिव र १३ जना शाखा अधिकृत गरेर १७ जना कर्मचारीलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट अन्यत्र सरुवा गरिएको छ ।


























