निर्वाचनका लागि ८० करोडको गाडी किन्दै सरकार

आगामी निर्वाचनको तयारीसँगै सुरक्षा निकायका लागि गृह मन्त्रालयले सवारीसाधन खरिदको योजना अघि बढाएको छ । मन्त्रालयका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका लागि २६२ वटा नयाँ गाडी खरिद प्रक्रिया तीव्र गतिमा अघि बढेको हो ।

बिज्ञापन

नियमित बजेटबाट १५६ वटा र थप बजेटबाट १०६ वटा गाडी खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको मन्त्रालयले जनाएको छ । १५६ वटा सवारी साधनको लागि ३५ करोड ११ लाख र थप गरिएका १०६ वटा सवारीसाधन खरिदको लागि ४५ करोड ३० लाख थप स्रोत अर्थमन्त्रालयबाट सहमति प्राप्त भइसकेको छ ।

बिज्ञापन

यस आवमा नेपाल प्रहरीले ८० करोड ४१ लाख रुपैयाँका विभिन्न सवारीसाधन खरिद गर्ने प्रक्रिया अगाडि बढेको हो ।
नियमित बजेटबाट खरिद गर्न लागिएका १५६ वटा सवारीसाधनमा ७५ वटा पिकअप भ्यान, थुनुवा ओसारपसार गर्ने सवारी साधन एउटा, २८ वटा कार्यालय प्रयोजनका लागि छन्। ४१ वटा कार्यालय प्रयोजनकै लागि विद्युतीय सवारी र १० वटा एस्कर्ट पिकअप भ्यान रहेका खरिद गरिने भएको हो ।

यस्तै, गृह मन्त्रालयका लागि ५९ वटा सवारीसाधन खरिदका लागि अर्थबाट स्रोत अनुमति प्राप्त भइसकेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

बिज्ञापन

जसमध्ये ३ वटा विपद् उद्धारका लागि खरिद गरिनेछ । ५० वटा बोलेरो पिकअप भ्यान, तीनवटा दङ्गा नियन्त्रण ट्रक र दुई वटा एम्बुलेन्स खरिद गरिनेछ ।

यसका लागि नियमित बजेटबाट २१ करोड ६ लाख रुपैयाँ खर्च हुनेछ भने थप ५० वटा यो आर्थिक वर्षभित्र खरिद गर्ने गरी ५ करोड ६ लाख बजेट पनि सशस्त्र प्रहरीलाई उपलब्ध गराउने भएको छ ।

यता राष्ट्रिय अनुसन्धान विभागका लागि ६ वटा गाडी खरिद गर्न २ करोड ८० लाख रुपैयाँ स्रोत अनुमति प्राप्त भएको छ । तीनै सुरक्षा निकायका लागि चुनावअगाडि नै सवारी साधन खरिद भइसक्ने गृह मन्त्रालयले दाबी छ । जेनजी आन्दोलनमा नेपाल प्रहरीका ५७१ वटा र सशस्त्र प्रहरीका ६१ वटा सवारी साधनहरूमा क्षति पुगेको थियो।

राष्ट्रिय अनुसन्धान विभागका ११ वटा चार पाङ्ग्रे र ३० वटा मोटरसाइकलमा क्षति पुगेको जेनजी प्रदर्शनमा ध्वस्त भएका मध्ये ४४९ वटा प्रहरी कार्यालय सञ्चालनमा आएका छन् ।

प्रहरीका ४६५ वटा कार्यालयहरूमा क्षति पुगेको थियो। क्षति भएका १६ वटा कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् ।

सशस्त्र प्रहरी बल, नेपालका ८४ वटा कार्यालयहरूमा क्षति पुगेको थियो । राष्ट्रिय अनुसन्धान विभागअन्तर्गतका दुईवटा भवन तथा तीनवटा जिल्लास्थित कार्यालयका भवनमा पनि क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रमेश अर्याल राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्ष नियुक्त

संघीयता पूर्णरुपमा कार्यान्वयन नहुँदा प्राकृतिक स्रोतको परिचालनमा समस्या आयो: मुख्यसचिव अर्याल

सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी थापा

लोकप्रियताका आडमा छोपिएका कुलमान घिसिङका दर्जनौं अनियमितता

निर्वाचनका लागि ८० करोडको गाडी किन्दै सरकार

सर्वाेच्चका करारका कर्मचारीलाई सचिवसरहको सुविधा,नातेदारले भरिए प्रधानमन्त्री सचिवालय

राप्ती प्रतिष्ठानमा प्राथमिक स्वास्थ्य सेवामा पीएचडी कार्यक्रम सन्चालनको तयारी

क्रिकेट टिमलाई कलेजद्वारा नगदसहित सम्मान

बिशेष