बिज्ञापन
सरकारले सार्वजनिक खाद्य विश्लेषक रुपमा २६ जनालाई तोकेको छ । कृषि मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै मुलुकभरबाट २६ जनालाई खाद्य विश्लेषक तोकेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र यसअन्तर्गतका कार्यालयहरूमा खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न भन्दै मन्त्रालयले खाद्य विश्लेषक तोकेको जनाएको छ ।
बिज्ञापन
मन्त्रालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक महिपाल राम वैद्यसहित प्रमोद कोइराला,डा हुमा कुमारी बखिम,मोहनकृष्ण महर्जन,कृष्णप्रसाद राई,कमलप्रसाद रेग्मी,शिवसागर चौधरी,नवराज दाहालका साथैं विमलकुमार दाहाल, डा क्षितिज श्रेष्ठ,भीमप्रसाद पुलामी,सुमन धिताललाई खाद्य विश्लेषक तोकेको हो ।
यस्तै राजपत्रमा प्रकाशित सूचना अनुसार,ज्योत्स्ना श्रेष्ठ,सञ्जय भण्डारी,अनुप हलवाई,डा बालकुमारी शर्मा,रमेश खड्का,हरेराम प्रधान,काशीनाथ घिमिरे,प्रशान्त पोखरेल,प्रतिमा श्रेष्ठ,रञ्जन नेपाल,पुष्पलाल राई,रवीन्द्र झा,ईश्वर सुवेदी,विमला पोखरेल र विजन श्रेष्ठ खाद्य विश्लेषक तोकिएका छन् ।
बिज्ञापन


























