मुख्य सचिवसँग जाँचबुझ आयोगले लियो बयान,गृहसचिव र सीडियोलाई बोलाउने तयारी

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले हाइप्रोफाइलवालाहरुसँग बयान लिन शुरु गरेको छ । आयोगले हिजोमात्र मुख्य सचिव एकनारायण अर्यालसँग बयान लिएको हो ।

बिज्ञापन

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसमा सरकारी पक्षबाट भएको दमनको जाँचबुझ गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले  बिहीबार मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ । बिहीबार आयोगको कार्यालयमा बोलाएर अर्यालसँग बयान लिएको जाँचबुझ आयोगले जनाएको छ । आयोगले अर्यालसँग पूर्वनिर्धारित र केही थप प्रश्नहरूसमेत गरिएको थियो ।

बिज्ञापन

मुख्य सचिव अर्याल १५ महिना प्रशासनिक प्रमुखको नेतृत्वमा रहेर यही साता आवकाशमा जाँदैछन् । अवकाश अगाडि नै आयोगले उनीसँग बयान लिइएको आयोगले जनाएको छ । अब आयोगले केही समयभित्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग पनि बयान लिने तयारी गरेको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ गते जेनजी आन्दोलनमा दमन गरेको आरोपमा हालसम्म ३० जना प्रहरीसँग बयान लिइरहेको छ। त्यतिबेला जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत दुवै जना प्रहरी उपरीक्षक सँग बयान लिइसकेको छ। एसपी अपिलराज बोहरा र कुल्दीप चन्दले बयान लिइसकेको छ आयोगले । अयोगले तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङसँग पनि बयान लिने तयारी गरिरहेको छ । अवकाश लगतै उनलाई स्थान हद तोकिएको छ ।

बिज्ञापन

यस्का अलवा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी, काठमाडौँ प्रहरी प्रमुख लगायतसँग बयान लिने आयोगले जनाएको छ । यस्तै, गृहसचिव गोकर्णमणि दुवाडीसँग पनि बयान लिन बाँकी छ। आयोगले बयानका लागि जुनसुकै बेला बोलाउनु पर्ने भन्दै ओली, लेखक, दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका निवर्तमान प्रमुख हुतराज थापा र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालको पासपोर्ट रोक्का राख्दै काठमाडौँ उपत्यका छाड्न पनि अनुमति लिनु पर्ने निर्णय गरेको थियो।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलाउने काम कानुन सम्मत भए नभएको र २४ गतेको विध्वंसबारे जाँचबुझ गर्नेछ । असोज ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हिमशृङ्खला एकेडेमीले मनायो ३१औँ स्थापना दिवस

ललितपुर मालपोत प्रमुखको सरुवा सदर,भक्तपुरका प्रमुख र सुव्वाको सरुवा बदर

कर्मचारीको नियमित सरुवा स्थगित

प्रसाई र सरकारबीच सहमति : कर्मचारीको तलब २० हजार बढाउने विषयमा सरकार सकारात्मक

सञ्चार सचिव अर्याल र महिला सचिव बस्नेत अदलीबदली

बर्ष दिन पछि सीटीईभीटीले पायो उपाध्यक्ष

फेरि अर्काे आयोग गठन,संयोजक तोकिए पूर्व न्यायधीश

मन्त्रिपरिषदको बैठक जारी

बिशेष