राहादनी विभागबाट ८ विचौलिया पक्राउ,कर्मचारीसँगको नेक्सस खोज्दै प्रहरी

त्रिपुरेश्वरस्थित राहदानी विभागबाट प्रहरीले आठ बिचौलियालाई पक्राउ गरेको हो ।

बिज्ञापन

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज मंगलबार पाँच जना र हिजो सोमबार ३ जना गरी आठ जनालाई पक्राउ गरेको हो ।

बिज्ञापन

विभागमा राहदानी बनाउन आउने सेवाग्राहीसँग पैसा लिएर काम गरिदिने प्रलोभन देखाउँदै आएका बिचौलियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

विभागले पक्राउ गरेका विचौलियाको नाम गोप्य राखेको छ । उनीहरु उपर अनुसन्धान भइरहेको विभागले जनाएको छ । यस अघि प्रहरीले २ जना बिचौलिया सुनील नेपाली र बुद्धिनारायण श्रेष्ठलाई पक्राउ गरेको थियो कालीमाटी प्रहरी वृत्तले ती दुई विचौलियालाई जनही १० हजार रुपैयाँ धरौटीमा छाडिसकेको छ।

बिज्ञापन

यस पछि कात्तिक ३० मा ३, मंसिर १ मा ८ जना गरी ११ बिचौलियालाई पक्राउ गरेको हो। कार्तिक ३० गते सर्लाही घर भई हाल काठमाडौं महानगर–२६ मा बस्दै आएका ३२ वर्षीय भाग्यनारायण साह, धादिङ घर भई हाल काठमाडौं महानगर–३ मा बस्दै आएका ३६ वर्षीय वीरेन्द्र थापा मगर र सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–२८ मा बस्दै आएका मिक्टे लामालाई पक्राउ गरेको हो।

आज पक्राउ परेका परेकाहरुमाथि अहिले सोधपुछ भइरहेकाले प्रहरीले जनाएको छ ।सेवाग्राहीहरुसँग अतिरिक्त शुल्क लिएर काम छिटो गरिदिने भन्दै विचौलियाहरुले कर्मचारीसँग मिलेर काम गर्ने गरेको गुनासो व्यापक छ । सो बिषयमा प्रहरीले कर्मचारी र विचौलियाको नेक्सस खोजिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

बिशेष