गण्डकी प्रदेश सरकारले एकैपटक व्यापक सरुवा गर्दै ७५ जना कर्मचारीलाई नयाँ जिम्मेवारी दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गरिएको यो ठूलो सरुवाले प्रदेशका विभिन्न कार्यालयहरूमा प्रशासनिक चहलपहल बढाएको छ।
बिज्ञापन
प्राप्त विवरणअनुसार, सबैभन्दा धेरै कृषि समूहका २८ जना कर्मचारी नयाँस्थानीय तह तथा शाखामा पठाइएका छन्। त्यस्तै, स्वास्थ्य सेवा समूहका २० जना, प्रदेश प्रशासन समूहका १३ जना, इन्जिनियरिङ समूहका १० जना र वन समूहका ४ जनाको समेत सरुवा गरिएको छ।
बिज्ञापन
सरकारले गरिएको यो समग्र सरुवालाई प्रदेशको सेवा–प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसँग जोडेको बताइन्छ। सरुवापछिको कार्यसमायोजन र नियुक्त कार्यालयमा उनीहरूको भूमिकाबारे औपचारिक जानकारी भने क्रमशः सार्वजनिक हुँदै जानेछ।
17633103568542_Saruwa List 2082-07-30 (1)


























