विचौलियाको स्वार्थ अनुकुल कलम नचोप्दा लखेटिएका बराल दुई बर्षपछि अर्थमा भित्रिए

सरकारले राजश्व सचिव जिम्मेवारी भुपाल बराललाई दिएको छ । अर्थ प्रशासनमा लामो अनुभव भएका बराललाई राजश्व सचिवको रुपमा अर्थ मन्त्रालयमा भित्र्याइएको हो । यस अघि विचौलियाको निशानामा परेर अर्थबाट आउट भएका बराल जेनजीको राजमा बनेको सरकारको राजश्व सचिवको रुपमा फेरि अर्थ मन्त्रालयमा भित्रिएका छन् ।राजश्व प्रशासनमा अनुभवि कर्मचारी बराल यस अघि बजेट लेखन,आन्तरिक राजश्व विभाग,संस्थान महाशाखा लगायतका महाशाखाको कुशल नेतृत्व गरिसकेका कर्मचारी हुन तर केपी ओलीको राजमा विचौलियाको हित अनुकुल कलम चोप्न नमान्दा उनलाई वन तथा वातावरण मन्त्रालयमा पुर्याइएकोमा दुई बर्ष पछि उनी अर्थमै फर्कन सफल भएका छन् ।

बिज्ञापन

अर्थ मन्त्रालयले हालैमात्र ओएण्डएम स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले अर्थमा दुई सचिवको दरबन्दी राखेर ओएण्डएम स्वीकृत गरेपछि राजस्व सचिवमा भूपाल बराल करिब दुई बर्ष पछि अर्थमै फर्कने बाटो खुलेको हो ।

बिज्ञापन

अर्थ मन्त्रालयले हालैमात्र ३८ वटा कार्यालयहरु खारेज गरेको छ । यसरी खारेज भएका कार्यालयमा मध्यमस्तरीय र करदाता सेवा कार्यालयहरु रहेका छन् । अर्थका एक सहसचिव, २३ उपसचिवका अलवा शाखा अधिकृत ६८ दरबन्दी कटौतीमा परेका छन् । यस्का अलवा नासु १२६ र ड्राइभर १०५ गरी ३ सय २३ दरबन्दी कटौतीमा परेको हो । यस अघि ३३१७ दरबन्दी रहेकामा अब २ हजार ९ सय ९४ मा सीमित हुन पुगेको छ ।

यसरी दरबन्दी कटौती हुँदा सचिवको दरबन्दी यथावत रहेका कारण भुपाल अर्थ मन्त्रालयमा फर्कन सफल भएका हुन । उनी ०८२ जेठ १९ मा बागमती प्रदेशको प्रमुख सचिवका रुपमा खटिएका थिए । पाँच महिनामै अर्थ मन्त्रालयमा सरुवा गरिएको हो । बराल अर्थका अनुभवि कर्मचारी हुन । झण्डै दुई वर्षपछि पुनः अर्थ मन्त्रालयमा फर्किन सफल भएका छन् । उनले भोलिदेखि नयाँ जिम्मेवारी सम्हाल्ने जनाएका छन् । बराल यसअघि उनी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख थिए । बरालले यसअघि अर्थ मन्त्रालयमा बजेट महाशाखा, राजस्व प्रशासन महाशाखा प्रमुख तथा आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदै वातावरण विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । दिनेश घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरेपछि रिक्त रहेको राजस्व सचिवमा बराललाई ल्याइएको हो ।

बिज्ञापन

 

 यस अघि केपी ओलीको शासन हुँदा विचौलियाको स्वार्थ अनुसार काम नगरेका कारण उनलाई हुत्याएरु वन तथा वातावरण मन्त्रालयतिर पुर्याइएको थियो । उनले तत्कालीन समयमा अर्थ मन्त्तालयको संस्थान महाशाखामा रहँदा हिमालयन रि इन्स्योरेन्सको हित हुने गरी कलम चोप्न नमान्दा विचौलियाहरुले अर्थबाट लखेटेर वन तथा वातावरण मन्त्रालयतिर पुर्याएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शहरी विकास मन्त्रालयमा ठूलो हेरफेर : रविन्द्र बोहरा भवन निर्माण विभागको महानिर्देशक

विचौलियाको स्वार्थ अनुकुल कलम नचोप्दा लखेटिएका बराल दुई बर्षपछि अर्थमा भित्रिए

जेनजीको शासन : डिम्बको अवैध कारोबार गर्नेदेखि सहकारी ठगी गर्नेलाई उन्मुक्ति

अवकाशकै भोलिपल्ट आइजीपीमाथि जाँचबुझ आयोगको एक्सन

सातै प्रदेश सरकारलाई पिआइएस पोर्टलमा पहुँच, स्थानीय तहका र समायोजन भएका ६६ हजार कर्मचारी प्रत्यक्ष लाभन्वित

अख्तियारको प्रतिवेदन भन्छ : अधिकृत सबैभन्दा भ्रष्ट

अर्थमा व्यापक कटौती, परराष्ट्रकालाई हाइसञ्चो

आर्थिक समृद्धिका लागि सहकारी

बिशेष