संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३१ जना अधिकृतहरुको सरुवा गरेको छ ।
मन्त्रालयले मंगलबार ती अधिकृतहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार १० अधिकृतलाई स्थानीय तहमा खटाइएको छ,प्रमुख प्रशासकीय अधिकृतको रुपमा भने १० अधिकृतहरु गृहमा भित्रिएका छन् । यस्तै,२ अधिकृत निर्वाचन आयोग,१ जनालाई अख्तियारमा पठाइएको छ भने बाँकी अधिकृतहरु सञ्चार,स्वास्थ्य मन्त्रालयमा पुगेका छन् ।
गृह भित्रने अधिकृतहरुमा राक्सिराङबाट पदमबहादुर बस्नेत,बर्दगोरियाबाट विक्रम श्रेष्ठ,केदारस्यूँबाट दिपेन्द्र विष्ट,जिसस तेह्रथुमबाट बन्दना सुवेदी,गुठिचौर गाउँपालिकाबाट मायालक्ष्मी बुढा,बाफिकोट पुगेका याजन थापा,बलेफीबाट लोकेन्द्रबहादुर राई,जुनीचाँदेबाट रुकमागत उपाध्याय,देवघाट पुगेका कालिका तिमिल्सिना लगायत रहेका छन् ।
यस्तै गृहमा कार्यरत रहेका अधिकृतहरु जगदीश प्रसाद जोशी गजुरी,लोकहरी थापा बागमती गाउँपालिका,जीवन कुमार खड्का जिसस रुकुम (पश्चिम),मनोज शाह तिनपाटनसहित ६ अधिकृतहरु गृहबाट बाहिरिएका छन् ।
३१ शाखा अधिकृतको सरुवा : १० गृह भित्रदा,१० जना पुगे गाउँपालिका
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
























