सप्लायर्सको दवाव र अख्तियारको छानबिनको ‘साइड इफेक्ट’ :स्वास्थ्य विभागका कर्मचारीको भागाभाग

कुनै समय स्वास्थ्य सेवाका कर्मचारीका लागि भन्सार मानिन्थ्यो स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा । खरिद विक्री र ठेक्का पट्टासँग जोडिने यो महाशाखामा जान कर्मचारीहरुबीच हानाथाप चल्दथ्यो तर अहिले दृश्य फेरिएको छ । सो महाशाखामा कार्यरत अधिकांश एक दर्जन बढी कर्मचारीहरु निलम्बनमा परेसँगै त्यहाँ जान जो पायो त्यही कर्मचारी मानिरहेका छैनन् । त्यही कारण मन्त्रालयले सोझा र विगतमा पेलानमा परेका कर्मचारीहरुलाई अहिले त्यहाँ खटाइरहेको छ ।

बिज्ञापन

गत कार्तिक २ मा अख्तियारले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव एवं स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा संगीता कौशल मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

बिज्ञापन

इटालीको कम्पनीबाट आपूर्ति हुने सामानका इन्भोइस र प्रमाणपत्रमा समेत नक्कली विवरण परिवर्तन गरिएको, भन्सार कागजातमा एक्सेसोरीलाई मेसिनका रूपमा देखाइएको र त्यसैका आधारमा गलत प्रतिवेदन तयार गरिएको अभियोग पत्रमा उल्लेख छ । अख्तियारले मिश्रका अलवा व्यवस्थापन महाशाखाका निर्देशक डा श्रवण कुमार थापा, आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र प्रसाद चौरसिया, निर्देशक डा विवेक कुमार लाल, प्रमुख लेखा नियन्त्रक भुवन प्रसाद काफ्ले, कानून अधिकृत सिता घिमिरे, लेखा अधिकृत शम्भु प्रसाद ढकाल, बायोमेडिकल इन्जिनियरद्वय आशिष चौहान र पद्मा मिश्र, लेखापाल तिलक राम ढकाल, र ठेकेदार कम्पनीका संस्थापक सुन्दर भुसाल लगायतलाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ ।

अख्तियारले यसरी मुद्धा लगेसँगै सो विभाग कर्मचारी विहिन अवस्थामा छ । विभागका महानिर्देशक टंकप्रसाद बाराकोटीले समेत जागिरे अवधि २ बर्ष बाँकी हुँदै राजीनामा दिएर हिडेका छन् । उनले स्वास्थ्य मन्त्रीलाई राजीनामा बुझाएको स्थिति छ ।

बिज्ञापन

यसरी एकातिर भ्रष्ट्राचार मुद्धा चलेर कर्मचारीहरु निलम्बित हुने,अर्काेतिर भएका कर्मचारीहरु समेत राजीनामा दिएर हिड्न थालेसँगै स्वास्थ्य सेवा विभाग कर्मचारीविहिन हुने अवस्थामा पुगेको छ । भएका कर्मचारीहरु समेत अख्तियारको त्रास,मन्त्री सचिवदेखि सप्लायर्सहरुको दवाव र अनेकन प्रभावका कारण सरुवा मागेर हिड्न थालेका छन् । त्यस्कै उदाहरण हुन महाशाखा प्रमुख डा पवनजंग रायमाझी । उनी त्यहाँबाट सरुवा नै मागेर उपचारात्मक महाशाखातिर पुगेका छन् ।

अहिले महाशाखा प्रमुखको जिम्मेवारी लिन धेरैले नमानेपछि मन्त्रालयले टेकु परिसरमा नै रहेको स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशव पण्डितलाई त्यहाँ खटाइएको छ । शुरुमा त उनले पनि आनाकानी गरे। मन्त्री,सचिवदेखि सप्लायर्सहरुको दबाब,अख्तियारमा पर्ने मुद्दा, छानबिन र परिचालनको दबाबकै कारण धेरै कर्मचारी उक्त जिम्मेवारी लिन हिचकिचाइरहेका बेला पण्डितले सो महाशाखाको जिम्मेवारी स्वीकारेर त्यहाँ पुगेका हुन भने यस अघि पेलानमा परेकी डा राधिका थपलियाले राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको जिम्मेवारी पाएकी छिन् ।राधिका कुनै समय १७ महिनासम्म स्वास्थ्य मन्त्रालयको बरण्डामा थन्काइएकी कर्मचारी हुन । त्यस पछि उनलाई जिम्मेवारी दिएर प्रदेशमा लखेटिएकोमा हालैमात्र स्वास्थ्य मन्त्रालयबाट उक्त महाशाखातिर खटाइएको हो भने पण्डितलाई विभागका सोझा कर्मचारीका रुपमा चिन्छन्,कर्मचारीहरु नै ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

महावीर पुनमाथि प्रहार : ‘जिल्ला कोषाध्यक्ष हुँदा सम्झिनुहोस्, सर!’

स्थानीय तहमा खटाइएका १७ उपसचिवलाई गृहले किन बोलायो फिर्ता ? यस्तो छ महाशाखा प्रमुखको तर्क

भ्रष्टाचार नियन्त्रणका उपायहरू

सप्लायर्सको दवाव र अख्तियारको छानबिनको ‘साइड इफेक्ट’ :स्वास्थ्य विभागका कर्मचारीको भागाभाग

पब्लिक सर्भिस इन्टरनेशनल (PSI) को नयाँ नेतृत्व चयन, अध्यक्षमा उत्तम कटुवाल निर्वाचित

९ उपसचिव र १० शाखा अधिकृतको सरुवा

मेरो कार्यकालमा नभएको लिज सम्झौतामा मेरो नाम जोड्नु भ्रमपूर्ण हो: पूर्व सचिव उपाध्याय

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

बिशेष