परराष्ट्रमा अर्काे गाईजात्रा : फिर्ता बोलाइएका राजदूत बस्न तयार पारियो कोठा

परराष्ट्र मन्त्रालयमा फेरि अर्काे जात्रा शुरु भएको छ ।

बिज्ञापन

यस अघि पूर्व परराष्ट्रमन्त्री आरजु राणाको समयमा १०७ दरबन्दी थपिएको थियो । परराष्ट्रमा थपिएको ११ सहसचिव, १९ उपसचिव,५ जना कम्प्युटर इन्जिनियर, ६२ जना शाखा अधिकृत, ४ जना नायव सुब्बा र १० जना सवारी चालकको दरबन्दी थपिँदा राज्यलाई वार्षिक ७५ करोड रुपैयाँ ब्ययभार थपिँदै आएको छ ।

बिज्ञापन

परराष्ट्रअन्तर्गत हाल राहदानी विभाग, कन्सुलर सेवा विभाग छन् । यस्तै विदेशमा ३० वटा दूतावास, ३ वटा स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास गरी ४० वटा नियोग परराष्ट्र मातहतमा छन् । पोर्चुगलमा दुतावास थपिएसँगै नेपाली नियोगको कुल संख्या ४१ पुगेको अवस्था छ ।

कतिपय चाहिने ठाउँमा दूतावास छैन तर नचाहिने ठाउँमा पसल थापेर बसेका छन् । जहाँ एकजना सेवाग्राहीसमेत आउँदैन । ती बन्द गरेर अति आवश्यक ठाउँमा नयाँ दूतावास खोलौं, खर्च घटाऔं भन्ने सुझाव दिएको हो तर मान्दैनन् । अबको सरकारले त्यसो गरे हुन्थ्यो ।’ त्यसबाहेक नेपालको अर्थ मन्त्रालयदेखि प्रशासन सुधार सुझाव आयोगले समेत सुझाएका र मन्त्रालयले सूची नै तयार गरेर राखेका ३०० जति कार्यालय बन्द गर्ने कठोर निर्णय अन्तरिम सरकारले नै गरे हुन्थ्यो भन्ने माग कतिपय सचिवले अगाडि सारेका भए पनि सुनुवाई हुन सकेको छैन ।

बिज्ञापन

यसरी भएकै कर्मचारीको व्यवस्थापनमा सकस झेलिएको सोही मन्त्रालयमा फेरि १० जना पूर्व राजदूतहरुलाई राखिने भएको छ । सरकारले विभिन्न ११ वटा देशमा राजनीतिक नियुक्ति पाएका राजदूतहरुलाई फिर्ता बोलाएसँगै अधिकांश राजदूतहरु फिर्ता भइसकेका छन् । जसमध्ये बेलायतका लागि राजदूतको जिम्मेवारीमा रहेका पूर्व सचिव चन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् ।

सरकारले अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका कृष्णप्रसाद ओली, जापानका डा दुर्गाबहादुर सुवेदी, इजरायलका धनप्रसाद पण्डित, स्पेनका सनिल नेपाल, जर्मनीका शैल रुपाखेती, कतारका रमेशचन्द्र पौडेल, मलेसियाका डा। नेत्रप्रसाद तिमल्सिना, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल र बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई फिर्ता बोलाएकोमा हालसम्म घिमिरेले मात्र राजीनामा दिएका छन्् । बाँकी १० राजदूतहरुले राजीनामा दिएका छैनन् ।

परराष्ट्रले उनीहरुलाई राख्नका लागि मन्त्रालयमा छुट्टै कार्यकक्ष समेत निर्माण गरेको जनाएको छ । मन्त्रालयले यसरी फिर्ता भएका राजदूतहरुका लागि परराष्ट्र मन्त्रालयमा बस्ने ठाउँको व्यवस्था मिलाएको जनाएको छ । अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि परराष्ट्र मन्त्रालयमा कामकाज गर्नेगरी उनीहरुलाई फिर्ता बोलाइएको मन्त्रालयले जनाएको छ ।

यसरी राजनीतिक कोटाबाट नियुक्त भएका राजदूतहरु फिर्ता भएसँगै कर्मचारीहरुलाई नै कार्यवाहक राजदूत तोकिएको छ । जस अनुसार अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूतको जिम्मेवारी परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले सम्हाल्नेछन् भने चीनको कार्यवाहकमा सहसचिव रोशन खनाल तोकिएका छन् । जर्मनीको कार्यवाहकमा उपनियोग प्रमुख सागर फुयाल, जापानको कार्यवाहकमा उपनियोग प्रमुख हरिहरकान्त पौडेल, मलेसियाको कार्यवाहकमा उपनियोग प्रमुख मुदिता बज्राचार्य, कतारको कार्यवाहकमा उपनियोग प्रमुख कुमार राई छन् । यस्तै बेलायतको कार्यवाहकमा उपनियोग प्रमुख विपिन घिमिरे, साउदी अरेबियाको कार्यवाहकमा उपनियोग प्रमुख सिर्जना अधिकारी, स्पेनको कार्यवाहकमा उपनियोग प्रमुख पूरक अधिकारी, इजरायलको कार्यवाहकमा उपनियोग प्रमुख अधिकृत कुमारबहादुर श्रेष्ठ र रुसको कार्यवाहकमा सहचारी कसम पोखरेल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

महानिर्देशक बाराकोटीले दिए सरकारी सेवाबाटै राजीनामा

सरुवा भएर हिडेका सहसचिवहरु पूरानै अड्डामा,मीराको नामै गायब !

परराष्ट्रमा अर्काे गाईजात्रा : फिर्ता बोलाइएका राजदूत बस्न तयार पारियो कोठा

सुदूरपश्चिम प्रदेशलाई पिआइएस पोर्टलमा एक्सेस, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

जेनजीको राजमा पनि कामचोर कर्मचारीको रजगज

शाखा अधिकृतको विज्ञापन खोल्ने तयारी,माग आकृति फाराम पठाउन सामान्यको पुन ताकेता

१ लाख ३६ हजार मतदाता थपिए

भक्तपुर अस्पतालको खण्डन : ‘स्पेक लक र सप्लायर्ससँगको मिलेमतो समाचारमा कुनै सत्यता छैन’

बिशेष