संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदारदेखि उपसचिव तहका कर्मचारीहरुको किस्ताबन्दीमा सरुवा जारी राखेको छ । मन्त्रालयले थप १७ उपसचिव,१९ शाखा अधिकृत,३ नासु,३ कम्युटर अपरेटर र ४ जना खरिदारहरु गरी ४६ जना कर्मचारीहरुको सरुवा गरेको छ ।
बिज्ञापन
मन्त्रालयले यस अघि स्थानीय तहमा खटाएका १७ उपसचिवहरुलाई गृहमा फिर्ता गरेको छ । जसमध्ये माधव नारायण नगरपालिका रौतहटमा खटाइएका शेखर पौड्याल,धनगढीमाइ नगरपालिकामा सरुवा भएका फणिन्द्र दाहाल,गौर नगरपालिकाबाट मातृका आचार्य,सबैला नगरपालिकाबाट कमल प्रसाद पाण्डे,बुंगल नगरपालिका खटाइएका तारानाथ पनेरु र हरिपुर नगरपालिकाबाट जितेन्द्र कुमार यादव,प्रर्दशनी कुमारी,मुकेश कुमार केशरी,तुलसी दाहाल,पुष्कर राना,रुद प्रसाद नेउपाने,नारायण पाण्डे र नरेश कुमार यादव लगायत रहेका छन् ।
बिज्ञापन
यस्तै मन्त्रालयले १९ जना शाखा अधिकृतको समेत सरुवा गरेको छ ।


























