बुटवलमा रोयल एनफिल्डको नयाँ बाईक स्क्यार्म ४४० को ‘लन्च’

 रोयल इनफिल्ड बुटवलको आधिकारिक बिक्रेता ‘गैरे प्रतिष्ठान प्रालि’ ले रोयल एनफिल्डको नयाँ स्क्यार्म ४४० को नया बाइक बुटवलमा लन्च गरेको छ । पहिला ४११ स्क्यार्म मोडलको (५,५५,०००) को बाइक बजारमा ल्याएको रोयल एनफिल्डले त्यस भन्दा अझै बिकसित एड्भेन्चर क्रसओभरको रूपमा निर्माण गरिएको स्क्र्याम ४४० को बाइक शहरका सडकमा आवश्यक चुस्त गतिशीलता र वास्तविक अफ–रोड क्षमताको रहेको प्रतिष्ठानका प्रबन्ध सञ्चालक प्रवेश गैरेले बताएका छन् ।

बिज्ञापन

मजबुत एलएस ४४० इन्जिनद्वारा सञ्चालित यो मोटरसाइकल २५.४ बीएचपी पावर र ३४ एनएम टर्क उत्पादन गर्ने पनि उनले बताए । रोयल एनफिल्ड स्क्र्याम ४४० दुई वटा भेरियन्टमा उपलब्ध हुनेछ । ट्रेल भेरियन्ट जसमा परम्परागत स्पोक व्हील र ट्यूब टायर छन्, ट्रेल ब्लू र ट्रेल ग्रीन कलरमा उपलब्ध हुनेछ । फोर्स भेरियन्ट जसले शहर केन्द्रित सवारीलाई सहज बनाउँछ, फोर्स ब्लू, फोर्स ग्रे र फोर्स टील कलरमा आधुनिक एलोय व्हील र ट्यूबलेस टायरसहित उपलब्ध हुनेछ । यसको मुल्य रु ६,८९,९०० देखि रु ६९९,९०० सम्म रहेको प्रतिष्ठानले जनाएको छ । मध्यम आकारको मोटरसाइकल (३५० सीसी–६५० सीसी) क्षमताका बाइक उत्पादनमा विश्वव्यापी रूपमा अग्रणी रोयल एनफिल्डले क्लासिक ४४० स्क्र्याम मोडल नेपालमा सार्वजनिक गरेको हो । कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले नेपाली बजार हाम्रा लागि सधैँ विशेष रहँदै आएको बताएका छन् ।

बिज्ञापन

नेपाली बजारमा पनि त्यस प्रकारको प्रभाव रहेको गैरे प्रतिष्ठान प्राली बुटवलका अध्यक्ष प्रेम राज गैरेले बताएका छन् । रोयल एनफिल्ड, ईचर मोटर्स लिमिटेडको एक सहायक कम्पनी हो, जसका हाल ६० भन्दा बढी देशमा करिब ८५० र भारतभर २००० भन्दा बढी स्टोरहरू छन् । कम्पनीका अत्याधुनिक प्रविधि केन्द्रहरू युकेको ब्रन्टिङथोरप र भारतको चेन्नईमा अवस्थित छन्, र असेम्ब्ली प्लान्टहरू बंगलादेश, नेपाल, ब्राजिल, थाइल्यान्ड, अर्जेन्टिना र कोलम्बियामा सञ्चालनमा छन् । गैरे प्रतिष्ठान प्रालिले क्लासिक ३५० रोयल इलफर्ड हिमालयन स्क्रयाम ४११ मोडलको मोटरसाइकल यस भन्दा पहिलेनै बुटवलमा लन्च गरेको गरि सकेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रिक्त तीन विभागको महानिर्देशकमा क- कस्को सम्भवना ?

म डिभोर्सी हूँ!

भिजिट भिसा ‘सेटिङ’ धन्दा अझै जीवित : दुई अधिकृत हटाइए पनि मूल जालो यथावत्

आठ सिडिओ बाहिरिए, सात सहसचिव भित्रिए

प्रदेशबाट ११ सहसचिव सिंहदरबार भित्रिदा एक पुगे स्थानीय तह

संघीय मन्त्रालयबाट १८ सहसचिवलाई खटाइयो प्रदेशमा

६० सहसचिवको एकैपटक सरुवा, सिफारिस १५ बाट बढेर ६० पुग्दा प्रश्नै–प्रश्न

एकै पटक १२९६ निजामती कर्मचारी शुद्धीकरणमा : किताबखानाले हटायो प्रणालीबाट

बिशेष