राजेन्द्र खेतान जहाँ,विवाद त्यहाँ

जहाँ हात हाल्यो त्यही विवाद । उद्योगपति मोहनगोपाल खेतानका जेष्ठपुत्र राजेन्द्र खेतानको फेरिएको पछिल्लो पहिचान हो यो । धेरै उद्योगी व्यवसायीका माझमा घमण्डी र झगडियाका पहिचान बनाएका उनको एभरेष्ट इन्स्योरेन्समा टिवडेवाला समूहबीच विवाद चल्यो । उनकै समूहको लगानी रहेको लक्ष्मी बैंक र प्राइम लाइफ इन्स्योरेन्समा पनि ठूलो लफडा चल्यो । गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ राजस्व छलेपछि उक्त कम्पनीमा साझेदारी गर्दै आएको डेनिस मल्टिनेसनल कम्पनी काल्र्सवर्ग ग्रुप र खेतान समूहबीच विवाद भयो । उक्त कम्पनीमा खेतान समूहको ५९ प्रतिशत लगानी थियो । व्यवस्थापन पूरै खेतान समूहको थियो । १०औं करोड रुपैयाँ राजस्व छलीले डेनिसको बहुराष्ट्रिय कम्पनीको कर्पोरेट छविमा ठूलो धक्का लाग्यो । परिणामतः राजस्व छलीको १० करोड रुपैयाँ पूरै गोर्खा ब्रुअरीको तर्फबाट खेतान समूहले तिर्नुप¥यो । विवाद त्यतिमा मात्र टुंगिएन ।

बिज्ञापन

काल्सर्वर्ग ग्रुपले ग्रोर्खा बु्रअरीमा खेतान समूहलाई अल्पमतमा पार्ने गरी कम्पनीको ९९ प्रतिशत सेयर आफ्नो स्वामित्वमा लियो । विवादपछि अन्ततः काल्र्सबर्गले खेतानको हिस्सा किन्यो । अहिले गोरखा ब्रुअरीमा काल्र्सबर्गको स्वामित्व करिब ९९.९४ प्रतिशत पुगेको छ। यसले गर्दा कम्पनीमा काल्र्सबर्गको एकल नियन्त्रण स्थापित भएको छ । यो कारोबारका लागि उद्योग विभाग, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक थियो । यी निकायहरूको अनुमति पाएपछि मात्रै काल्र्सबर्गले स्वामित्व पाएको हो । अब गोरखा ब्रुअरी काल्र्सबर्गकै पूर्ण नियन्त्रणमा पुगेको छ । खेतान समूह व्यवसायबाट लगभग बाहिरिएको छ । यस्का अलवा नेपाल सरकारको ७५ प्रतिशत र खेतान समूहको १२ दशमलव ५ प्रतिशत सेयर रहेको नेपाल ओरिन्यन्ट म्याग्नेसाइट विवादमा प¥र्यो । यस्का अलवा मारवाडी सेवा समाजमा पनि उस्तै लफडा निस्कियो ।

बिज्ञापन

नेपाल उद्योग वाणिज्य महासंघ फुटाएर नेपाल उद्योग परिसंघ बनाउने पनि उनै खेतान हुन । परिसंघका अध्यक्ष विनोद चौधरीले आफ्ना विश्वासपात्र नरेन्द्रकुमार बस्न्यातलाई अगाडि सारे । वरिष्ठ उपाध्यक्ष पद नपाएपछि परिसंघलाई ‘विनोद एन्ड चौधरी कम्पनी’ संज्ञा दिँदै त्यहाँबाट बाहिरिए । परिणाम अहिले पनि चौधरी र खेतानबीच तिक्ततापूर्ण सम्वन्ध रहेको जानकारहरू बताउँछन् । उनका पार्टनरहरुमध्ये कतिपय सडकमा पुगे । राकेश अडुकिया, निरञ्जन टिवडेवाल । उनै खेतानको हातमा देशको डिजिटल भुक्तानी प्रणालीमा पुगेको छ । स्क्याम, धोखाधडी र आर्थिक अनियमितताका आरोपले गुमनाम भएका खेतान अब फोनपे मार्फत कर्पोरेट दुनियाँमा प्रवेश गरेका हुन । खेतानसहित १० जना लगानीकर्ताले फोनपे कम्पनीको २२.३७ प्रतिशत सेयर, करिब डेढ अर्ब रुपैयाँमा खरिद गर्न लागेको छन्। यसमध्ये मात्र राजेन्द्र खेतानले १४ प्रतिशत सेयर खरिदको प्रस्ताव राखेका छन् र राष्ट्र बैंकले यसलाई स्वीकृत गरिसकेको छ । फोनपेको नेपालमा पीटूएम (व्यक्तिदेखि व्यापारी भुक्तानी) खण्डमा ९९ प्रतिशत र पीटूपी (व्यक्तिदेखि व्यक्ति भुक्तानी) खण्डमा ६२ प्रतिशत बजार हिस्सामा छ, जसले यस कदमलाई अत्यन्तै संवेदनशील बनाएको छ । केन्द्रिय बैंकका कर्मचारीहरूले विवादित खेतान समूहले फोनपेको सेयर खरिदमार्फत भुक्तानी प्रणालीमाथि रेगुलेटरी क्याप्चर गर्ने खतरा रहेको बताएका छन् । विज्ञहरूको विश्लेषणअनुसार, यदि यस्तो भयो भने देशको भुक्तानी प्रणालीको पारदर्शिता र प्रतिस्पर्धात्मक वातावरणमा गम्भीर संकट आउन सक्नेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजेन्द्र खेतान जहाँ,विवाद त्यहाँ

७७ वटै जिल्लाका सीडीओलाई गृह सचिवको ६३ बुँदे निर्देशन

अस्ति राजीनामा,आज भ्रष्ट्राचार मुद्धा,बढुवाको मुखैमा निलम्बनमा परे काफ्ले

पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नर्सका माग सम्बोधन गर्न अतिरिक्त सचिवको संयोजकत्वमा १४ सदस्यीय समिति,तीन बुँदे टिओआर

शहरी विकास मन्त्रालयको ६१ अर्ब बजेट कटौती

नापी प्रमुखहरुको सरुवाको तयारी,यस्तो छ ४४ उपसचिवहरुको पृष्टभूमि

थप २५ वटा रुग्ण सडकका ठेक्का तोड्ने प्रक्रिया प्रारम्भ

बिशेष