बूढीगंगाले एकै पटक हटायो करार र अस्थायी सेवाका १२० कर्मचारी

करार कर्मचारी कटौती गर्ने अन्तरिम सरकारको निर्णयको प्रभाव स्थानीय तहमा देखिन थालेका छन् । सङ्घीय मन्त्रीपरिषद्को असोज ५ गते बसेको बैठकले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करार कर्मचारी कटौती गर्ने निर्णय गरेको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन दिइसकेको छ । सोही निर्देशन कार्यान्वयनका लागि भन्दै पालिकाले दरबन्दीभन्दाबाहेकका कर्मचारी कटौती गर्न थालेका हुन् ।
अहिलेसम्म सबैभन्दा धेरै एउटै पालिकाले १२० करारका कर्मचारी हटाएको छ । बाजुराको बुढीगंगा नगरपालिकाले एक सय भन्दा धेरै करार, ज्यालादारी र अस्थायी कर्मचारीलाई कार्तिक १ गतेदेखि म्याद थप नगर्ने निर्णय गरेको हो ।

बिज्ञापन

संघीय र प्रदेश सरकारको पत्रअनुसार पालिकामा कार्यरत अस्थायी कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको पालिकाले जनाएको छ ।
हाल बुढीगंगा नगरपालिकाले विकासीय बजेटबाट ८० जना अस्थायी कर्मचारीलाई तलब भुक्तानी गर्दै आएको जनाइएको छ । ती कर्मचारीहरुलाई समेत १ कार्तिकको मितिदेखि लागू हुने गरी बिदा गरिएको पालिकाले जनाएको छ ।

बिज्ञापन

सो पालिकाले करार कर्मचारीका लागि १ करोड ८० लाख ७० हजार ३ सय ३६ रुपैयाँ खर्च गरेको थियो अघिल्लो आर्थिक बर्षमा । नगरपालिकाले दरबन्दी बाहेक इन्जिनियर उजुरी प्रशासक, स्वकीय सचिव, रोजगार सहजकर्ता लगायत दरबन्दी भन्दा बढी करार कर्मचारी नियुक्त गरेर तलव भत्ता बाफत उक्त रकम खर्च गरेको महालेखाले बेरुजु नै लेखेको थियो ।

धमाधम करारका कर्मचारी हटाउँदै स्थानीय तह

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष