स्थानीय तहमा खटाइएका चार उपसचिव,सरुवा उल्टाएर मन्त्रीको सचिवालयमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका केही उपसचिवहरु सरुवा उल्टाएर मन्त्रीको निजी सचिव बन्न पुगेको भेटिएको छ ।

बिज्ञापन

मन्त्रालयले गत भदौं १२ मा १०५ नगरपालिकामा उपसचिव र ८६ गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो । भगवती न्यौपाने मन्त्री हुँदा मन्त्रालयले पहिलोपटक गाउँपालिका तथा नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था शून्यमा झारिएको दावी गरेको भए पनि खटाइएका स्थानमा हाजिर हुन नपुगेको उपसचिवहरु सरुवा उल्टाएर जेनजीको बलमा बनेको मन्त्रिमण्डलका सदस्यहरुको निजी सचिव बन्न पुगेका हुन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसरी खटाएका कर्मचारीहरु हाजिर हुनका लागि सात दिनभित्र पठाउन सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय र निकायलाई पटक पटक ताकेता गरेको छ । गत १२ भदौंमा खटाइएका हाकिमहरुमध्ये दर्जनौं संख्यामा उपसचिव र शाखा अधिकृतहरु अझैं पनि खटाइएका स्थानीय तहमा हाजिर नभए पछि मन्त्रालयले भदौं २१,असोज १२,असोज २१ मा तीन पटकसम्म हाकिमहरुलाई स्थानीय तहमा खटाउन परिपत्र गरेको भए पनि शक्तिशाली उपसचिवहरु सरुवा उल्टाएर मन्त्रीको निजी सचिवमा बस्ने चाँजो पाँचो मिलाएका हुन ।

बिज्ञापन

कर्मचारी संकेत नम्बर १९८५८६ रहेकी ममतालाई पाँचखालमा खटाइएको थियो सञ्चारबाट,सरुवा सूचीको छैटौं,सरुवा सूचीको ७७ औं नम्बरमा पर्शुराम पोखरेल,९९ औं नम्बरमा राजु कुँवर,क्रस ११६ मा रमिला भण्डारीको नाम रहेको थियो । यसरी सरुवा भएका १२२ मध्ये अधिकांश उपसचिवहरु खटाएको ठाउँमा पुगे पनि सामान्य प्रशासनमा सेटिङ मिलाएर यी चार उपसचिवहरु मन्त्रीको सचिवालयतिर फड्को हान्ने प्रवन्ध मिलाइरहेका छन् ।  जस्तो सरुवाको सूची अनुसार दार्चुलाको शैलेश्वरी नगरपालिकामा सरुवा भएका राजु कुँवर,कुँवरलाई संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयबाट शैल्यशिखर नगरपालिका दार्चुलामा खटाइएको थियो । सरुवा गरिएको ५० दिनसम्म सम्बन्धित कार्यालयमा नपुगेका उनी उद्योगमन्त्री अनिलकुमार सिन्हाको निजी सचिव बन्न सफल भएका हुन्।

यस्तै गुल्मीको मुसीकोट नगरपालिकामा सरूवा भएकी रमिला भण्डारी पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको समेत जिम्मेवारीमा रहेका सिन्हा कै निजी सचिव बन्ने तारतम्य पूरा भएको छ । उता सञ्चार मन्त्रालयबाट संखुवासभाको पाँचखालमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएकी ममता बाँस्तोला सञ्चार मन्त्रीकै निजी सचिव बन्ने प्रवन्ध मिलाइरहेकी छिन् । यस्तै,गृहबाट सरुवा भएर चन्द्रनाथ नगरपालिकामा पुगेका परशुराम पोखरेल गृहमन्त्रीको निजी सचिवमा बस्ने प्रवन्ध मिलाइरहेका छन् ।

बिज्ञापन

अघिल्लो मन्त्रीको समयमा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य पार्ने योजना अनुरुप सरुवा भएका उपसचिवहरुले नै निर्णय उल्टाएर जेनजीको बलमा बनेको सरकारका मन्त्रीहरुको सचिवालयमा बस्ने तारतम्य मिलाएसँगै सुशासन एकादेशको कथामा सीमित हुने स्थिति बनेको छ । प्रशासन सुधारका ठूल्ठूला गफ गर्ने र प्रतिवेदन लेखेर वाहवाही कमाएका मन्त्री रामेश्वर खनालले यस्ता विकृतीहरुलाई कसरी लिन्छन्,हेर्न बाँकी छ ।

सामान्य प्रशासनले सरुवा गरेका हाकिमहरु अझैं गएनन् स्थानीय तहमा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद्का २० निर्णय : सरुवा,बढुवादेखि अस्थायी दरबन्दी स्वीकृतसम्म

स्थानीय तहमा खटाइएका चार उपसचिव,सरुवा उल्टाएर मन्त्रीको सचिवालयमा

१५ शाखा अधिकृतको सरुवा ८ को अख्तियारमा इन्ट्री हुँदा तीन पुगे गृहमा

मधेश प्रदेशका ३४ सहित ४३ स्थानीय तहले अझैं पेश गरेनन् बजेट

सडकका २५८ ठेक्का रुग्ण,अलपत्र १७ ठेक्का तोड्ने प्रक्रिया प्रारम्भ

मन्त्रीज्यू,सामान्यको यी रैथाने सुव्वालाई चलाउने हिम्मत छ ?

राजस्व अनुसन्धान विभागभित्रै करोडौँको सेटिङ: ‘बर्दिया डिष्टिलरी’ प्रकरण दफन गर्नेहरू को हुन्?

६० साले लेखा अधिकृतहरू भागाभागमा, उपसचिव भुवन काफ्लेले अख्तियारको दबाबमा राजीनामा

बिशेष