सामान्य प्रशासनले सरुवा गरेका हाकिमहरु अझैं गएनन् स्थानीय तहमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका तर हालसम्म हाजिर हुन नआएका प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र पठाउन सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय र निकायलाई पटक पटक ताकेता गरेको छ । यद्यपि पत्र कार्यन्वयन हुन सकेको छैन ।

बिज्ञापन

गत १२ भदौंमा खटाइएका हाकिमहरुमध्ये दर्जनौं संख्यामा उपसचिव र शाखा अधिकृतहरु अझैं पनि खटाइएका स्थानीय तहमा हाजिर नभए पछि मन्त्रालयले भदौं २१,असोज १२,असोज २१ मा तीन पटकसम्म हाकिमहरुलाई स्थानीय तहमा खटाउन परिपत्र गरेको भए पनि ती ताकेता कार्यन्वयन हुन नसेकेको हो ।

बिज्ञापन

पछिल्लो समयमात्र २१ असोजमा सात दिनभित्र  स्थानीय तहमा कामकाज गर्न खटाइएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन ताकेता गरेको भए पनि अझैं पनि दर्जनौं स्थानीय तह निमित्तको भरमा चलिरहेको छ ।  मन्त्रालयका शाखा अधिकृत भविन्द्र कार्कीले हस्ताक्षर गरेको उक्त पत्र सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय, आयोग, सचिवालय र सम्बन्धित निकायमा पठाइएको भए पनि अझैं पनि धेरै स्थानीय तह निमित्तकै भरमा चलिरहेका छन् ।

यस अघि भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा १२ भदौ को निर्णयबमोजिम स्थानीय तहमा खटाइएका निमित्त शून्य गर्ने उद्देश्यसहित देशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको थियो । मन्त्री न्यौपानेको सक्रियतामा १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्यमा झारिएको थियो । मन्त्रालयले पहिलोपटक गाउँपालिका तथा नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था शून्यमा झारिएको दावी गरेको भए पनि खटाइएका स्थानमा कर्मचारी नगएपछि मन्त्रालयले भदौ ३१ गते पनि हाजिर नभएका अधिकारीलाई निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० अनुसार रमाना दिई पठाउन निर्देशन दिएको थियो ।
तर निर्देशन कार्यान्वयन नभएपछि मन्त्रालयले पुनः २१ असोजमा सात दिनको समयसीमा तोकी ताकेता गरेको हो । यसरी ताकेता गरेको भए पनि अझैं कतिपय स्थानीय तह निमित्तकै भरमा सञ्चालित छ । डोल्पाका पाँच वटा स्थानीय तह अझैं पनि निमित्तकै भरमा सञ्चालित छन् ।

बिज्ञापन

दार्चुलाको शैलेश्वरी नगरपालिकामा सरुवा भएका राजु कुँवर,गुल्मीको मुसीकोट नगरपालिकामा सरूवा भएकी रमिला भण्डारीका अलवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट संखुवासभाको पाँचखपन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएकी ममता बाँस्तोला,मुद्रण विभागबाट धनुषाको विदेह नगरपालिकको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका दुर्गाप्रसाद भुर्तेल लगायतका दर्जनौं उपसचिवहरु सरुवा उल्टाउन चलखेल गरिरहेका छन् ।

उपसचिवहरुमात्र होइन शाखा अधिकृतहरु पनि उही खेलोमेलोमा सक्रिय छन्  डोल्पाका जगदुल्ला गाउँपालिकामा विनय खड्का, काईके गाउँपालिकामा हरिप्रसाद देवकोटा, छार्का ताङसोङ गाउँपालिकामा नारायण रायमाझी, ठूलीभेरी नगरपालिकामा लालबहादुर गुरुङ, जुम्लाका तिला गाउँपालिकामा सुरेश भट्टराई, हिमा गाउँपालिकामा टेकबहादुर बुढ्थापा, चन्दननाथ नगरपालिकामा पर्सुराम पोखरल, मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा भीमबहादुर शाहीले हालसम्म जिम्मेवारी सम्हाल्न पुगेका छैन ।

यस्तै हुम्लाका सिमिकोट गाउँपालिकामा त्रिशान श्रेष्ठ, खार्पुनाथ गाउँपालिकामा श्रीसम्शेर रानामगर, सर्केगाड गाउँपालिकामा दलबहादुर चन्द, चंखेली गाउँपालिकामा देवीप्रसाद पौडेल र अदानचुली गाउँपालिकामा दीपक पौडेल र कालिकोटको सुभकालिका गाउँपालिकामा भलाराम पंगाली, नरहरिनाथ गाउँपालिकामा बालकृष्ण रानामगर, महावै गाउँपालिकामा राजन पराजुली, खाडाचक्र नगरपालिकामा पदमबहादुर बुढा क्षेत्री र रास्कोट नगरपालिकामा महेन्द्रजंग शाहीले पनि हालसम्म कार्यभार सम्हालेका छैनन् ।

यसरी सरुवा भएका कर्मचारीहरुको सरुवा उल्टाउने काममा मन्त्रालयका स्थानीय तह हेर्दै आएका उपसचिव भिमकान्त पौडेल र स्टोरकिपर रामचन्द्र अधिकारी सक्रिय भएर लागेको चर्चा मन्त्रालयमा सुन्न थालिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनले सरुवा गरेका हाकिमहरु अझैं गएनन् स्थानीय तहमा

रसुवाका चार सहित २१ निर्माण कम्पनी कालोसूचीमा

अन्तर्मनको जागृति र स्थायी सफलता

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता

नियम विपरित सुव्वालाई चार पांग्रे सवारी,जेनजीको प्रदर्शनमा बनाइयो खरानी

महिना दिनदेखि विद्युत र इन्टरनेट विना चलिरहेको सिंहदरबारभित्रैको एउटा कार्यालय

जनताको पैसा एनजिओको हातमा : अख्तियार पुग्यो उजुरी, कार्तिक ९ मा जेन्जीको आन्दोलन घोषणा

सुन तस्करीमा पूर्व सभामुख दोषी ठहर,लगियो जगन्नाथ देवल कारागार

बिशेष