रसुवाका चार सहित २१ निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । प्रकाशित सूची अनुसार रसुवा जिल्लाकै चार वटा निर्माण कम्पनी एकै पटक कालोसूचीमा परेका छन् ।
जसमा सडक डिभिजन कार्यालय नुवाकोटको सिफारिसमा रेव कुमार पौडेल सञ्चालक रहेको गौरीगाइ निर्माण सेवालाई एक बर्ष,राजु तितुङ सञ्चालक रहेको लेबोन निर्माण सेवालाई एक बर्ष र चाम्सिङ लोप्चन सञ्चालक रहेको राम्चे नेशनल कस्न्ट्रस्क्सनलाई एक बर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै सडक डिभिजन नुवाकोटले गोस बहादुर तमाङ सञ्चालक रहेको लाङटाङ मानेज्यार्सा जेभीलाई एक बर्षका लागि कालोसूचीमा राखिएको छ ।

बिज्ञापन

यस्का अलवा राष्ट्रिय वाणिज्य बैंकको सिफारिसमा सन्दिप कुमार अग्रवाल सञ्चालक रहेको राज ट्रेडिङ ,गुप्त बहादुर खड्का सञ्चालक रहेको योगेश मेसनरीलाई एक बर्ष कालोसूचीमा राखिएको छ ।

बिज्ञापन

सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने तथा कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, मन्त्रिपरिषद् नबस्दा निर्णय रोकियो

रातो पासपोर्ट फिर्ता गरे अर्थमन्त्री रामेश्वर खनालले

सुध्रिने पालो हामी कर्मचारीको

नीलो क्रान्तिले खोजेको योग्यता प्रणाली

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता निस्क्रिय,नियुक्ति,सरुवाको बाटो खुल्यो

“कुनै निर्णय नगर्नू” : सचिवहरूलाई स्वर्णिम वाग्लेको फोनपछि सिंहदरबार तरंगित

रसुवाका उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न निर्वाचन कार्यालयको निर्देशन

अवकाश नजिकिँदै गर्दा दुई डीआईजीको म्याद थप्ने प्रस्ताव, सशस्त्र प्रहरीभित्र असन्तुष्टि

बिशेष