काठमाडौं – सिंहदरबारभित्र जेन्जी आन्दोलनले सरकारी कार्यालयहरूमा भयानक क्षति पुर्याएको छ। आन्दोलनकारीहरूले आक्रमण गर्दा ४४१ साना गाडी/बस र ६०१ मोटरसाइकल तथा स्कुटर जलेर नष्ट भएका छन्।
बिज्ञापन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मात्र ४७ साना गाडी र ७४ मोटरसाइकल/स्कुटर जले। अर्थ मन्त्रालयमा ३६ साना गाडी/बस र ५४ मोटरसाइकल/स्कुटर जले। गृह मन्त्रालयका २५ साना गाडी र ३० मोटरसाइकल/स्कुटर, कृषि तथा पशुपंक्षी मन्त्रालयका ९ साना बस र ३९ मोटरसाइकल/स्कुटर जले।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ३३ साना बस र ३६ मोटरसाइकल/स्कुटर जले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा २६ साना बस र ४७ मोटरसाइकल/स्कुटर जले। युवा तथा खेलकुद मन्त्रालयमा १९ साना बस र २३ मोटरसाइकल/स्कुटर जले। संघीय संसदमा १८ मोटरसाइकल/स्कुटर, वन तथा वातावरण मन्त्रालयमा १७ साना बस र १० मोटरसाइकल/स्कुटर जले।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा १८ साना बस र २९ मोटरसाइकल/स्कुटर, सर्वोच्च अदालतमा ५१ साना गाडी जले भने मोटरसाइकल र स्कुटरको संख्या अनुमान गर्न गाह्रो छ। स्वास्थ्य मन्त्रालयमा २२ साना बस र १४ मोटरसाइकल/स्कुटर जले, सहरी विकास तथा भवन विभागमा ५० साना बस र करिब २०० मोटरसाइकल/स्कुटर जले।
बिज्ञापन
विशेष स्रोतका अनुसार, महान्यायाधिवक्ताको कार्यालयमा ३ साना बस जलेका छन्। यस किसिमको आगोले सिंहदरबार क्षेत्रमा सरकारी कार्यालयहरूको दैनिक सञ्चालनमा ठूलो बाधा पुर्याएको छ।
सरकारले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्।