नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छिन् ।
बिज्ञापन
कार्कीले शुरुमा तीन जनालाई मन्त्री बनाएकी छिन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस अघि केपी शर्मा ओलीको कार्याकालमा चार महिना अवधि हुँदै हटाइएका सात महिनामै ऊर्जा मन्त्रीको रुपमा जिम्मेवारीमा फर्किएका छन् ।
बिज्ञापन
यस्तै अधिवक्ता ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी पूर्वअर्थसचिव हुन्।
प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल गठनका लागि सिफारिस शीतलनिवासमा गएर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिसकेकी छन्। तीन मन्त्रीले आज शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।