चाडपर्वअघि आपूर्ति संकटको जोखिम, कालोबजारी नियन्त्रणमा सरकार कडा

काठमाडौँ । भारत र चीनतर्फका नाकामा देखिएको अवरोधले मुलुकको आयात–निर्यात प्रभावित भएपछि चाडपर्वअघि आपूर्ति संकट चर्कने आशंका बढेको छ। अभावलाई मौका बनाएर कालोबजारी र मूल्यवृद्धि हुने खतरा बढेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालय कडा निगरानीमा उत्रिएको छ।

बिज्ञापन

भारततर्फ वीरगञ्ज भन्सार हिजोदेखि सञ्चालनमा आएको छ भने काकडभित्ताबाट भोलिदेखि कारोबार सुरु हुने जानकारी प्राप्त भएको छ। तर भद्रपुर, विराटनगर, भैरहवा, कैलाली, नेपालगञ्ज र जनकपुर भन्सार कार्यालय क्षतिग्रस्त भएकाले व्यापारमा बाधा परेको मन्त्रालयले जनाएको छ।

बिज्ञापन

चीनतर्फ कोरोला नाका खुलेसँगै हिजो मात्रै ४५ ट्रक मालसामान र ७५ वटा विद्युतिय सवारीसाधन नेपाल भित्रिएका छन्। तर तातोपानी र टिमुरे नाका अझै बन्द रहेकाले चीनमार्फत हुने आयात सहज हुन नसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले चाडपर्वमा खाद्यान्न, पेट्रोलियम पदार्थ, नुन, चिनी, ग्यासजस्ता आवश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। बजारमा मूल्यवृद्धि रोक्न निरन्तर अनुगमन भइरहेको र आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिएको मन्त्रालयले स्पष्ट पारेको छ।

बिज्ञापन

यसैबीच, भोलि बिहान ११ बजे मन्त्रालयमा निजी क्षेत्रका छाता सङ्घहरू, आपूर्ति व्यवस्थासम्बन्धी विभाग र अन्य सरोकारवाला निकायसँग विशेष वैठक बस्ने भएको छ। वैठकमा आयात–निर्यात सहज बनाउन, आपूर्ति संकट रोक्न र कालोबजारी नियन्त्रणका लागि ठोस निर्णय गरिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

बिशेष