पहिलो पार्टी बन्न खोज्नेहरूका लागि

आज भोली नेपालका हरेक राजनीतिक पार्टीले आफूलाई आगामी चुनावमा पहिलो पार्टी बन्ने उद्घोष गरी रहेका छन्। ठीक हो, आफूलाई अरू भन्दा अब्बल देखाउन प्रतिस्पर्धा गर्नु अबश्य पनि सकारात्मक पक्ष हो। यसरी पहिलो स्थान आफ्नो पार्टीको लागि सुरक्षित बनाउन के गर्नु पर्छ? आफ्नो विगत र वर्तमान कस्तो छ? पार्टीको दर्शन र आदर्श के हो? पार्टीका पदाधिकारी र त्यसमा पनि नेत्तृत्त्वको प्रभावकारीता कस्तो छ भन्ने कुराको मूल्यांकन गरेर यस्तो भविष्यवाणि गरिएको हो कि नेताको सनकका भरमा भनिएको हो? यो सोचनीय र विचरणीय पक्ष हो। आफ्नो अनुहार ऐनामा नहेरी वा आफू र आफ्नो पार्टीको मूल्यांकन नगरी यसो भनिएको हो भन्ने ठहर छ आम जनताको।
नेपालको शासन ब्यबस्थाको विशेषता भनेको लोक तान्त्रिक बहुदलीय प्रतिस्पर्धा हो । यसैले यसमा सके सम्म धेरै दलहरू देश र जनताको हितका काम गर्न प्रतिस्पर्धामा हुनु पर्छ र यी सबैमा लोक तान्त्रिक संस्कार हुनु पर्छ। कुनै पनि प्रजातान्त्रिक शासन ब्यबस्थामा हुनु पर्ने गुणहरू धेरै होलान् तर यी दुईवटा विशेषता नभै नहुने गुणहरूमा पर्छन् । जहां सम्म हाम्रा राजनीतिक दलहरू छन् तिनीहरू सबैमा लोकतान्त्रिक वा प्रजातान्त्रिक संस्कारको अभाव छ।

बिज्ञापन

हाम्रा वर्तमान राजनीतिक दल र यी दलका नेतालाई हामीले चिनेको दशकौ भएको छ। यी दलहरूले बनाएको सरकार र ती सरकारले सम्पादन गरेका कामका ज्यूदा साक्षी भएका नाताले यिनीहरूको बोली र ब्यबहारमा कति फरक छ भन्ने हामीलाई थाहा छ।यी दल र यिनका नेताका विगतका बानी बेहोराले गर्दा यदि मतपत्रमा None of the above भन्ने विकल्प भएको भए यो विकल्पले झण्डै दुई तिहाई मत पाउने स्थिति छ भन्न संकोच मान्नु पर्ने देखिदैन।

बिज्ञापन

हो , यो कुरा पनि हामीलाई थाहा छ कि तिमीहरूको अरू पेशा छैन, यही झूठको राजनीतिबाट हात धुनु परे तिमीहरूको बेहाल हुने वाला छ, तर तिमीहरूले पुस्तौनीलाई कमाएकै छौ, त्यस्तो अबस्था त नपर्ला तर पनि कोहीले जेल परेको भनेर कोहीले जंगली राज चलाएर आफ्नो योग्यता बनाएको हुनाले त एक पटक पाएको पद आर्यघाट जाने बेला सम्म पनि छोड्न मानेका छैनौ। त्यसैले तिमीहरू सबैलाई १ नं. हुने रहर लागेको होला। देश र जनतालाई १ नं. बनाउन त सकेनौ र तिमीहरू पनि १ नं. त हुदैनौ तै पनि रहर हो गर्न पाईन्छ।
यहां नेपाली जनताले हाल संसदमा रहेका पहिलो, दोश्रो र तेश्रो स्थानका दलहरूलाई ठूलो मात्र किन,करीव दुई तिहाई मत नदिएका हुन् र? तर बांदरका हातमा नरिवल भने झै जनताबाट पाएका ती मतबाट मात लागेर हुदा खांदाको संसद भॅग गरेर तमासा देखाएको जनताले बिर्से भनेका छौ? हामीले तिमीहरूलाई तिम्रा ब्यबहारले मूल्यांकन गर्ने हो। राम्ररी मूल्यांकन गरेका छौ। हामीलाई थाहा छ कसलाई कहां पुर्याउनु पर्ने हो। तिमीहरूलाई लाग्छ कि तिम्रा अरिंगाल र झोलेहरू भए पछि निर्वाचनमा बहुमत आंउछ, अब हामी तिम्रा चिप्ला कुरा र बाटो खर्च दिएका भरमा र एक दुई छाक ख्वाएका भरमा चुनाव जितिहाल्छौ भन्ने लागेको होला ती दिनहरू गए। तिम्रा ब्यबहारले आत्तिएर गएको चुनावमा हामीले नयांपन खोजेको थाहा भएन जस्तो छ तर किन थाहा नपाउने? थाहा पाएर त हो नि हुने नहुने सबै किसिमको गठवन्धन गरेर चुनावमा गयौ तर पनि जितेर आए पछि पनि उस्तै बानी, उस्तै ब्यबहार देखाएकै छौ।यसैले तिमीहरूले जति घोक्रो सुकाएर कराए पनि तिमीहरूको ध्वांसको कुनै अर्थ छैन।
बरू तिमीहरू पहिलो पार्टी बन्ने हो भने तिमीहरूले निम्न सुधार गर्नु पर्छ, सकिन्छ?हिम्मत छ?
(१)-सर्व प्रथम यूवामा नेत्तृत्त्व हस्तान्तरण गर,
(२)- पार्टी भित्र र ब्यक्तिगत रूपमा प्रजातान्त्रिक आचरण देखाऊ,
(३)- दलीय राजनीतिलाई देश र जनताको हितमा जोड,
(४)- निर्वाचनको प्रतिस्पर्धामा उम्मेद्वारको चयन गर्दा पार्टी भित्र मतदान गरेर सब भन्दा बढी मत ल्याउने उम्मेद्वारलाई प्रतिस्पर्धा गराऊ र पार्टी सदस्यता प्रदान गर्दा गुटलाई हैन गुण र क्षमतालाई आधार बनाऊ,
(५)- आफ्नो पहिचान, आदर्श र गन्तब्य मात्र हैन गन्तब्यमा पुग्ने स्पष्ट मार्ग चित्र लिएर चुनावमा जाऊ,
(६)- अन् लाईन मतदानको ब्यबस्था मिलाऊ
(७)- कानूनको शासन, पारदर्शिता, डेलीभरीमा सहजता, नियन्त्रण र सन्तुलनको ब्यबस्थामा देखिएको बेथिति अन्त्य गर,
अन्त्यमा, तिमी शीर्षस्थ भनिएकाहरूको ब्यबहारबाट जनता मात्र हैन, तिमीहरूका कार्यकर्ताहरू पनि आजित भै सकेको यथार्थ हो तर वादशाह नांगै भएको थाहा नपाए जस्तै तिमीहरूले आफ्नो चरीत्र र ब्यबहार सुधार्न सकेनौ भने अबको चुनावमा तिमीहरू पनि बस्त्रहीन वादशाह जस्तै हुने छौ, एक नम्बर त गफमा मात्र सीमित हुनेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, खरदार २ लाख घुससहित पक्राउ

सहकारी साधारण सभामा गैर–सदस्यको प्रवेश निषेध

एकै पटक तीन सचिव पद रिक्त,को-को छन् बढुवाको लाइनमा ?

सामान्यमा रैथाने कर्मचारीहरुको रजगज, १३ बर्षसम्म एकै कार्यालयमा

काभ्रे मालपोत कार्यालयमा अख्तियारको छापा, २ लाखसहित नासु पक्राउ

तीन सहसचिवको सरुवा १७ दिनमै बदर

भ्रष्टचारीको सम्पत्ति राज्यको बनाउन खोज्दा सहसचिवमाथि उल्टै कारवाही,न्यायधीश बन्नबाट बञ्चित

प्रसासनिक संघीयताका लागि माइलस्टोन संघीय निजामती सेवा विद्येयक

बिशेष