महालेखा नियन्त्रक कार्यलयले १८ कर्मचारीको सरुवा गरेको छ । कार्यालयले लेखा अधिकृतदेखि उपसचिव तहका गरी १८ जना कर्मचारीको सरुवा गरेको हो । सरुवा भएकामध्ये ४ उपसचिव र बाँकी अधिकृतहरु छन् ।
बिज्ञापन
सरुवाको सूची अनुसार, महालेखामा पुल दरबन्दीमा रही अर्थमन्त्रीको निजी सचिवका रुपमा कार्यरत रहेका मधुसुदन पौडेल परराष्ट्र मन्त्रालयमा पुगेका छन् । परराष्ट्रबाट यदुनाथ भट्टराई महालेखा (पुल)मा सारिएको छ ।
यस्तै,महालेखा नियन्त्रकको कार्यालयमा रहेका रामचन्द्र शर्मा सडक विभागमा सरुवा भएका छन् । सडक विभागबाट डेढ बर्ष पछि रविन कोइराला महालेखामै फिर्ता भएका छन् ।
यस्तै लेखा अधिकृत शंकर न्यौपाने परराष्ट्रमा इन्ट्री भएका छन् भने पद खारेज भइ फाजिल भएको खानेपानी तथा ढल व्यवस्थापन आयोजना रुपन्देहीबाट दिलिप कुमार मिश्र प्रदेश प्रमुखको कार्यालय लुम्बिनी प्रदेश पुगेका छन् । खानेपानी तथा ढल व्यवस्थापन आयोजना मकवानपुर खारेज भएका कारण त्यहाँ कार्यरत रहेका कपिल प्रसाद अर्याल किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सरुवा भएका छन् ।
खानेपानी कार्यालय कैलालीबाट दिनराज जोशी गेटा अस्पताल धनगढीमा कामकाजमा खटाइएको छ । बसन्तराज श्रेष्ठ शहरी खानेपानी तथा सरसफाई क्षत्रीय आयोजना बाँकेमा पठाइएको छ । कोलनिका उदयपुरमा रहेका विकास भट्टराईलाई ललितपुरस्थित उपत्याका विकास प्राधिकरणमा तानिएको छ । कोलनिका बागलुङबाट कृष्ण प्रसाद शर्मालाई भक्तपुरस्थित राष्ट्रिय खानेपानी तथा सरसफाई अनुसन्धान नवप्रर्वद्धन केन्द्रमा ल्याइएको छ ।
महालेखा नियन्त्रकको कार्यालयबाट डिल्ली अधिकारी राहदानी विभाग पठाइएको छ भने कोलनिका त्रिपुरेश्वरबाट युवराज भट्टराई सडक डिभिजन कार्यालय मोरङ पुगेका छन् । मालपोत कार्यालय धादिङबाट जेनी भट्टलाई कान्ति बाल अस्पतालमा सरुवा गरिएको छ भने कोलनिका रसुवाबाट रेनु गोदार महालेखा,नुवाकोट कोलनिकाबाट ललिता कँडेल खानी तथा भूगर्भ विभाग र भूगर्भ विभागबाट प्रभा श्रेष्ठलाई कोलनिका सुन्धरा खटाइएको छ ।
बिज्ञापन
महालेखाका अनुसार कार्यालय खारेज भएका कारण चार जना अधिकृतहरुलाई अन्यन्त्र सरुवा गरिएको हो बाँकी लेखाका उपसचिव र अधिकृतहरुको वेमौसमी सरुवा गरिएको हो । लेखाका कर्मचारीहरुको सरुवा असोज पछि मात्र हुँदै आएकोमा आर्थिक बर्ष शुरु भए लगतै गरिएको यो सरुवाको बिषयमा कर्मचारीहरुले अनेकन प्रश्न उठाइरहेका छन् । एक त सामान्य प्रशासनसँग सहमति नलिइ कर्मचारीको सरुवा गरिएको छ भने अर्काेतिर अर्थसम्बन्धी हिसाब किताब राख्ने र जाँच्ने काम गर्दै आएको सो कार्यालयका जिम्मेवारी पाएका लेखाका कर्मचारीहरुलाई हिसाब भिडान नमिलाई सरुवा गरिँदा पछि समस्या आउने कर्मचारीहरु नै बताउँछन् ।
यस अघि बिहानमात्र कर्मचारी प्रेसले लेखाका कर्मचारीहरुको बेमौसमी र गुपचुप सरुवा गरिएको बिषयमा समाचार लेखेसँगै महालेखाले कर्मचारी सरुवाको सूची सार्वजनिक गरेको हो ।
लेखापालदेखि लेखा नियन्त्रकसम्मको गुपचुप सरुवा,आर्थिक चलखेलको आंशका


























