प्रसब पीडामा नेपालको राजनीति

नेपालमा मुख चलाएर बस्नेहरूको समूह छ जसले काम केही गर्दैन बोली मात्र रहन्छ त्यो समूहलाई नेताको समूह भनिन्छ। यो समूह प्रजातान्त्रिक, वाम र कन्जर्वेटिभ गरी तीन समूहमा देखिन्छ। यसमा प्रजातान्त्रिक समूहलाई हेरौ, यसको पनि तीनवटा उपसमूह छन्। यो उप समूह किसिम किसिमको छ- पहिलो नम्बरमा चाक्सीबारी समूह रहेको छ। यो समूहले आफ्ना बाऊ हरूले गरेका कामको ब्याज खोज्दै कोठा चाहर्दै बैठक बस्छ। यो समूहबाट कसैले केही आशा गरेको छैन। यो जागरिला बाऊका अल्छी छोराले नेत्तृत्त्व गरेकाहरूको समूह हो।

बिज्ञापन

दोश्रो समुह बुढा निलकण्ठ समूह हो- यो समूह कोईराला नामबाट दच्केको एक असन्तुष्ट समूह हो। यो समूह संग भिजन छैन र वदलाको भावनाले काम गरिरहेको छ। चाक्सीबारी समूह यसको कपी हो भनिदिए हुन्छ। यी दुई निवृत्त भै सकेकाहरूको समूह हो जसले पद ओगटेर आर्यघाट सम्म पार्टीको झण्डा ओडाउन चाहन्छ।

बिज्ञापन

 तेश्रो समूह छ जसले आफूलाई यूवाको नेत्तृत्त्व गर्ने भनेर दावी गर्छ यसलाई तीन जनाले तानातान गरेका छन्।यो समूले आफूलाई कोईराला संग जोडेको पाईन्छ। यो समूहले बुढानिलकण्ठ र यसकै शाखाको रूपमा रहेको चाक्सीबारी समूहको खुलेर विरोध गर्न पनि सक्दैन तर यिनीहरू संग मिलेर जान पनि सक्दैन। यो समूहबाट यूवा पिंढीले केही आशा गरेका हुन् तर यिनीहरूको दम पनि देखी सके यूवाहरूले, यी बाट गरिएको आशा पनि क्रमशः क्षीण हुदै गएको पाईन्छ।

त्यस्तै अर्को वाम पन्थी समूह छ, यसमा पनि ३ वटै उप-समूह छन्- पहिलो समूह आफूलाई प्रजातान्त्रिक कम्युनिष्ट भन्न रूचाउछ। यसले बोलीमा प्रजातन्त्र तर ब्यबहारमा अधिनायकवादिता अपनाउछ, अहिले सत्तामा छ। आफू संग फरक मत राख्नेलाई सिध्याएरै छोड्ने गरेको छ। यसमा मन नलागे पनि नेत्तृत्त्वको झोले बनेर हिड्ने यूवाहरूको बाहुल्यता छ। दोश्रो छ पहिलोबाट कारवाहीमा परेकाको समूह जो भित्र भित्रै भूसको आगो झै भएको छ तर संख्या झिनो भएकोले कहिले को संग कहिले को संग टास्सिएर अस्तित्वमा रहेको छ। तेश्रो उपसूहमा आफूलाई खांट्टी वाम भनेर दावी गर्ने । यिनीहरूले आफूलाई समसामयीक बनाएर रूपान्तरण गर्न हिच्किचाउछन् र धम्की र हिंसामा विश्वास गर्छन्। जनताले तिरस्कार गरे पनि सुधारिएर जान सक्दैनन्।

बिज्ञापन

यिनीहरूको चौथो धार पनि छ जसलाई प्रजातन्त्र मास्न तत्कालीन राजाहरूले प्रयोग गरेर हाल निस्कृय अबस्थामा रहेको रोयल कम्युनिष्टको समूह छ। यसै गरी राजनीति गर्छु भनेर दरवार घटना पछि जन्मिएको अर्को एउटा कन्जर्वेटिभ समूह छ। यो समूह तत्कालीन राजतन्त्र र पंचायति संस्कार भएका ब्यक्तिलाई समेटेर बनेको छ। हाल यसमा पनि विग्रह आएको छ यिनीहरू राजतन्त्र र पंचायत समूहमा विभक्त भएका छन्।

चौथो तथा अन्तिम समूहको रूपमा माथिका सबै समूह संग विमती राख्दै असन्तुष्ट रहेका र राजनीति गर्ने ढंग नपुगेका ब्यक्तिहरूको समूह मिलेर बनेको उप समूह छ। यसले आफूलाई प्रजातान्त्रिक, वाम वा कन्जर्वेटिभ कुनै कित्तामा राखेको पाईदैन। माथिका सबै समूहले चुनावका बेला लोकप्रीय कार्यक्रम राखेर मतदाताहरू उपर भ्रम र लोभलालच देखाएर मत लिने तर सुशासन दिने नाममा सिन्को नभाची आफ्नो कार्यकाल पूरा गर्छन् र चुनाव आउनु भन्दा १ वर्ष अगाडि देखि चुनाव कसरी जित्न सकिन्छ भनेर तानावाना बुन्न थाल्छन्। यिनीहरूबाट लामो समय देखि जनताले देखे भोगेको यही हो तर पनि भोलीका दिनमा यिनीहरू सुध्रिएर जालान कि भन्ने छनक कतै पनि देखिएको छैन।

यस सन्दर्भमा हामी संग तयारी अबस्थामा रहेको राजनीतिक दलको बिकल्प पनि छैन र यिनीहरू मध्येबाटै राम्रा दलहरू बनाउन अनिवार्य पनि छ। तर यसको शुरूवात यी विभिन्न दलमा विभक्त भएका तर क्रियाशील रूपमा रहेका यूवाहरुबाटै गर्नु पर्ने देखिन्छ। यो ठूलो कुरो पनि हैन रहेछ, किनभने निकट विगतमा भएका यस प्रकारका प्रयासहरू सफल भएका छन्।

जसले जे तर्क लगाए पनि एउटा कुरा के सत्य हो भने यो शताव्दी प्रजातन्त्रको शताब्दी हो र जनताको रूचीमा यस्तै शासन प्रणाली पर्छ। यहां त के देखियो भने हाल नेपालमा देखिएका प्रजातान्त्रिक शक्तिमा ईमान्दारिता पटक्कै देखिएन। त्यसैले यहा ईमान्दार र आदर्शवान नेता मात्र हैन राजनेताको जरूरी छ तर उसमा ईमान्दारिता हुनु पर्छ। केही समय यता नेपालका सबै राजनीतिक दलहरूमा एक किसिमको छटपटी देखिएको छ। आफ्ना शीर्षस्थको ब्यबहार उपर विमति राख्नेहरू सतहमा आउदैछन् वा सतहमा नदेखिने गरी भित्री धारहरूमा चलायमान भएका छन्। एक किसिमले भन्ने हो भने यो बच्चा जन्मनु अगाडिको प्रसब छटपटी जस्तै हो। आशा छ यो छटपटीले मुलुकमा राजनीतिक निकास दिने नेता, भनौ भने अझै राजनेताको जन्म दिन सकोस्। अपेक्षा गरौं।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती सरुवा मापदण्ड परिमार्जन हुँदै, गुनासो सुनुवाइ संयन्त्र निर्माणको तयारी

सरकारी गाडी दुरुपयोगमा कडाइ: मापदण्ड विपरीत प्रयोग भए तत्काल फिर्ता गरिने

स्याफ्रुबेशीको क्लब डाँडामा पहिरो: पासाङ ल्हामु राजमार्ग अवरुद्ध

विपद् पूर्वतयारी : कर्मचारी बिदा बस्न नपाउने

मन्त्रीको ७८ लाख घुस डिलको अडियो सक्कली

यस्ता छन् सचिव बैठकका १४ निर्णयहरु

कार्यालय सहयोगीदेखि उपसचिवसम्मका ३१ कर्मचारीको सरुवा

कार्यालयबाटै ७ लाख ३१ घुससहित बरिष्ठ वन अधिकृत पक्राउ

बिशेष